दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
तारेख लिन आएका एक ब्यक्तीलाई बुधबार बिहान राजविराजस्थित सप्तरी जिल्ला अदालत परिसर भित्रै लछाडपछाड तथा घिर्सादै बाहिर निकाली अभद्र ब्यवहार गरिएको छ ।
सो घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अंगभंग मुद्दामा तारेख लिन अदालत पुगेका सोही पालिकाका ६० वर्षिय रामपुकार यादवलाई अदालत परिसर भित्रै लछाडपछाड, कुटपीट तथा घिर्सादै बाहिर निकालेको आरोपमा प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका १ का ३३ वर्षिय मुकेश यादव र ३१ वर्षिय कर्णजीत यादवलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले अनुसन्धानका लागी उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
घट्नाका वेला त्यही रहेका कानुन व्यवसायी सुजित पोखरेलले न्यायको मन्दिरमा यसरी खुलेआम एक ब्यक्तीमाथी आक्रमण हुनु गम्भिर विषय भएको बताए । कानुन हातमा लिने जोसुकै भएपनि कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई छ ।
रामपुकारका छोरा श्यामनन्दनले आफ्नै आँखा अगाडी बुबामाथी आक्रमण भएको बताए । बुबालाई तारेख लिनबाट रोक्न यसरी आक्रमण भएको उनले सुनाए ।
उनले अंगभंग मुद्दा दिने विपक्षीहरुबाट बुबामाथी आक्रमण भएको स्पष्ट पार्दै अदालत भित्र भएको उक्त घट्नाको उच्चस्तरीय छानवीन गरी दोषीमाथी कडा कारवाही हुनु पर्ने माग समेत गरेका छन ।
प्रतिक्रिया
० प्रतिक्रिया