राजबिराज÷दुई दिनदेखी परिरहेको अबिरल बर्षाका कारण राजबिराजका अधिकांश बाटो हिलोमय हुनुका साथै जलमग्न भएको छ ।
विगतको वडा नं. १० र अहिलेको वडा नं. १ स्थित स्वास्थ्य चौकी हुँदै शिवथान टोल जाने बाटो जिर्ण भएका कारण हिलोमय भएको छ । विगतदेखी नै बाटो जिर्ण रहेको अवस्थामा गत वर्ष सो बाटोमा माटो हालिएको थियो । तर, अहिले भइरहेको वर्षाका कारण बाटोमा आवतजावत गर्न निकै कठिनाई भइरहेको छ ।
शनिबार वर्षा भइरहेको बेला पैदल यात्रीले हातमा चप्पल र साइकल यात्रीले हातमा साइकल बोकेर आवतजावत गर्न बाध्य भएको स्थानिय रामअवतार यादवले बताए । उनका अनुसार वडा अध्यक्ष चन्द्रशेखर चौधरीलाई बाटोप्रति ध्यानाकर्षण गराउँदा समेत वेवास्ता गर्दै आइरहेका छन् ।
पहिलेदेखी नै ग्रामिण रुपमा चिनिने सो वडाको शिवथान टोलमा हाल पनि परिवर्तनको संकेत देखिएको छैन् । बर्सेनि बर्षाको पानीले शिवथान, डुमरी, टोलजाने उत्तरपटीको बाटो हिलोम्य नै हुने गरेको छ ।
दुई वर्षअघि स्वास्थ्य चौकीसम्म राजबिराज नगरपालिकाले आरसिसी ढलान गरेको थियो र बाँकी सडकलाई जिर्ण अवस्थामै छोडेपछि वर्षाको बेलामा आवतजावतमा आफ्ठ्यारो भइरहेको स्थानिय लल्लु यादवले बताए ।
यता बर्षाको पानीले बर्सेनि राजबिराज नगरपालीकाको वडा १ डुमरीशिवथान, वडा १० को दिघवा र वडा १५ देउरीभरूवा लगायका वडामा खाँडो नदिको बाढीले जनधनको क्षति हुने गरेको छ ।
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
सारांश
- पहिलेदेखी नै ग्रामिण रुपमा चिनिने सो वडाको शिवथान टोलमा हाल पनि परिवर्तनको संकेत देखिएको छैन् ।
- बर्सेनि बर्षाको पानीले शिवथान, डुमरी, टोलजाने उत्तरपटीको बाटो हिलोम्य नै हुने गरेको छ ।
- दुई वर्षअघि स्वास्थ्य चौकीसम्म राजबिराज नगरपालिकाले आरसिसी ढलान गरेको थियो र बाँकी सडकलाई जिर्ण अवस्थामै छोडेपछि वर्षाको बेलामा आवतजावतमा आफ्ठ्यारो भइरहेको स्थानिय लल्लु यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया