तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २९, २०८१
|
|
३३ पटक हेरिएको
Shares
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी बाँधमा आमरण अनसनमा बसेका मलाह समुदायका ५ जना वृद्ध अगुवाहरुलाई विहीबार प्रतिनिधिसभा सदस्य डा.
  • सीके राउतले जुस पिलाएर अनसन तोडाएका हुन् ।
  •     तीन बुदे लिखित प्रतिवद्धतामा आन्दोलनको स्वरुप परिवर्तन गर्ने, मलाह समुदायले उठाएका जायज माग सम्बोधनका लागि नेपाल मलाह कल्याण संघका प्रतिनिधि तथा विज्ञहरु सम्मिलित कार्यदल गठन गर्ने तथा जिल्ला जिल्लामा अन्तरक्रिया मार्फत प्राप्त सुझावहरुलाई समेटेर काठमाडौं पुगि नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।

    एक महिनासम्म रिले अनसन तथा विगत पाँच दिनदेखि विभिन्न २० बुदे माग राखी मलाह समुदायले सुरु गरेको आमरण अनसन तीन बुदे सहमति पश्चात् बिहीबार तोडिएको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी बाँधमा आमरण अनसनमा बसेका मलाह समुदायका ५ जना वृद्ध अगुवाहरुलाई विहीबार प्रतिनिधिसभा सदस्य डा. सीके राउतले जुस पिलाएर अनसन तोडाएका हुन् ।
    तीन बुदे लिखित प्रतिवद्धतामा आन्दोलनको स्वरुप परिवर्तन गर्ने, मलाह समुदायले उठाएका जायज माग सम्बोधनका लागि नेपाल मलाह कल्याण संघका प्रतिनिधि तथा विज्ञहरु सम्मिलित कार्यदल गठन गर्ने तथा जिल्ला जिल्लामा अन्तरक्रिया मार्फत प्राप्त सुझावहरुलाई समेटेर काठमाडौं पुगि नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने उल्लेख छ ।
    समझौता पश्चात् जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य डा. राउतले मलाह समुदायका जायज माग सम्बोधनका लागि जनमत पार्टीले समेत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । पीडितका पक्षमा सुरुदेखि नै जनमत पार्टीले आवाज उठाउँदै आएको बताउँदै डा. राउतले पीडित मध्येका अर्को मलाह समुदाय पनि जोडिएको उल्लेख गरे ।
    मधेश प्रदेशका सांसद एवं जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मलाह समुदायले उठाएका मागहरु प्रति आफूहरु गंभिर रहेको र यसका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउदै आमरण अनसन जस्तो कठोर आन्दोलन नगर्न आग्रह गरेका थिए ।
    मधेश प्रदेशका सभा सदस्य एवं पुर्व मन्त्री महेश प्रसाद यादव, जनमत पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत, निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख सुरेन्द्र कोईराला, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, समाजसेवी सुरज सिंह, नेपाल मलाह कल्याण संघका राष्ट्रिय अध्यक्ष नारायण मुखिया समेतको उपस्थिति थियो ।  
    सरकारी स्वामित्वमा रहेका मत्स्य फर्महरु, सिमसार र रिर्जभ्यार आदीमा मलाह जातिीलाई पचास प्रतिशत आरक्षण, संघीय र सात वटै प्रदेशमा मत्स्य मन्त्रालयको स्थापना लगायतका विभिन्न २० बुन्दे माग राखी मलाह कल्याण संघका केन्द्रिय सदस्य ६५ बर्षीय बेचन मुखियाको नेतृत्वमा फागुन २५ देखि ७५ बर्षीय विलेक्षण मुखिया, ७० बर्षीय रशीलाल मुखिया, ६४ बर्षीय पञ्चलाल मुखिया र ६१ बर्षीय सदमलाल मुखिया आमरण अनसनमा बसेका थिए ।
    माग सम्बोधनका लागि यसअघि नेपाल मलाह कल्याण संघको अगुवाईमा माघ २५ देखि रिले अनसन शुरु गरिएको थियो । तर, रिले अनसनको एक महिना वितेपनि सरकारले कुनै चासो नदेखाएको भन्दै फागुन २५ देखि आमरण अनसन थालिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी
क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा