दैनिक समाचारदाता
राजविराज, १ चैत ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीले लोकतान्त्रिक प्रक्रियाबाट आएको केपी ओली नेतृत्वको सरकार अलोकतान्त्रिक गतिविधिमा लागेको आरोप लगाएका छन् ।
शुक्रवार नेपाली काँग्रेस सप्तरीको कार्यालयमा आयोजित स्थानीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन ।
सरकारको एकपछि अर्को निर्णय अलोकतान्त्रिक प्रक्रियाबाट आउन थालेको छ उनले भने, “स्वतन्त्र मधेशको नारा दिने डा. सिके राउतसँग सरकारले गरेको सम्झौता, वाइडबडी जहाज खरिद काण्डमा प्रधानमन्त्री ओलीको आएको अभिव्यक्ति, चिकित्सा विधेयक जबरजस्ती पारित, प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरीतको बल प्रयोग, विभिन्न आयोगको गठन लगायतका काममा सरकारले अलोकतान्त्रिक प्रक्रिया र आचरण देखाएको छ । काँग्रेसले यसको कडा प्रतिवाद गर्छ ।”
प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद बैठक राखेर विभिन्न आयोगका प्रमुखहरुको नियुक्ति गरिएको छ उनले थपे, “यति मात्र होइन, महँगी र भ्रष्टाचारले चरम सीमा नाघेको छ ।”
उनले चुनावमा पार्टी पराजय हुनुको कारण आपसी तिक्तता र गुट उपगुट नै भएको जिकिर गर्दै पार्टी एक जुट हुनुपर्नेमा जोड दिए ।
जिल्ला सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित भेलामा सहभागि स्थानीय नेता तथा कार्यकर्ताले सरकारको क्रियाकलाप संवैधानिक निकाय, लोकतान्त्रिक व्यवस्था र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने तर्फ अग्रसर रहेको भन्दै पार्टी भित्र बृहत एकता र अनुशासन कायम गरी प्रतिवादमा उत्रिनु पर्ने सुझाव दिएका थिए ।
लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार अलोकतान्त्रिक गतिविधिमा ः जोशी
सारांश
- शुक्रवार नेपाली काँग्रेस सप्तरीको कार्यालयमा आयोजित स्थानीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन ।
- सरकारको एकपछि अर्को निर्णय अलोकतान्त्रिक प्रक्रियाबाट आउन थालेको छ उनले भने, “स्वतन्त्र मधेशको नारा दिने डा.
- सिके राउतसँग सरकारले गरेको सम्झौता, वाइडबडी जहाज खरिद काण्डमा प्रधानमन्त्री ओलीको आएको अभिव्यक्ति, चिकित्सा विधेयक जबरजस्ती पारित, प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरीतको बल प्रयोग, विभिन्न आयोगको गठन लगायतका काममा सरकारले अलोकतान्त्रिक प्रक्रिया र आचरण देखाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया