कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 

राजविराज राजविराज
|
बिहिबार, भाद्र २६, २०७६
|
|
८० पटक हेरिएको
Shares
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 

सारांश

  •     कारागारमा रहेका ३ सय ३४ कैदीबन्दी मध्ये सबैभन्दा बढी १ सय १२ जना कर्तब्य ज्यान मुद्दाका कैदी बन्दीहरु रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।
  •       जसमध्ये ७२ जना पुरुष कैदी, २६ जना पुरुष थुनुवा, ७ जना महिला कैदी र ४ जना महिला थुनुवा रहेका छन् ।
  • त्यस्तै सोही मुद्दामा २ जना विदेशी पुरुष कैदी र १ जना विदेशी पुरुष थुनुवा रहेका कारागारका खरिदार सन्दिप कुमार देवले जानकारी दिएका छन् ।

चन्दनकुमार यादव
राजविराज, २५ भदौं ।
    राजबिराज कारागारमा क्षमता भन्दा झण्डै तीन गुणा कैदी बन्दीहरु रहेका छन् । एक सय २५ जना क्षमता रहेको कारागारमा ३ सय ३४ कैदीबन्दी रहेका छन् । जसमा २१ जना विदेशी कैदीबन्दी समेत छन् । 
    कारागारमा रहेका ३ सय ३४ कैदीबन्दी मध्ये सबैभन्दा बढी १ सय १२ जना कर्तब्य ज्यान मुद्दाका कैदी बन्दीहरु रहेको कारागार प्रशासनले जानकारी दिएको छ । 
    जसमध्ये ७२ जना पुरुष कैदी, २६ जना पुरुष थुनुवा, ७ जना महिला कैदी र ४ जना महिला थुनुवा रहेका छन् । त्यस्तै सोही मुद्दामा २ जना विदेशी पुरुष कैदी र १ जना विदेशी पुरुष थुनुवा रहेका कारागारका खरिदार सन्दिप कुमार देवले जानकारी दिएका छन् ।
    सो कारागारमा कर्तव्य ज्यान मुद्दापछि सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका ५१ जना कैदी बन्दीहरु रहेका छन् । २६ जना पुरुष कैदी र २३ जना पुरुष थुनुवा तथा एक÷एक विदेशी पुरुष कैदी थुनुवा रहेका छन् । 
    कर्तब्य ज्यान र जबरजस्ती करणी बाहेक लागू औषध, डाका, चोरी, अपहरण तथा शरीर बन्धक, किर्ते जालसाज मुद्दाका कैदीबन्दी रहेको करागार प्रशासनले जानकारी दिएको छ । 
    कारागार प्रशासनले दिएको जानकारी अनुसार विभिन्न १९ प्रकारको मुद्दामा गरि जम्मा ३ सय ३४ कैदीबन्दी मध्ये १३ जना विदेशी पुरुष कैदी र ८ जना विदेशी पुरुष थुनुवा गरि २१ जना विदेशी कैदीबन्दी रहेका छन् । 
    यता जवरजस्तीकरणी उद्योग मुद्दामा ७ जना, अपहरण तथा शरीर बन्धक मुद्दामा १९ जना, बहुविवाह मुद्दामा ५ जना, बालबिवाह मुद्दामा २ जना, नकनजनी चोरी मुद्दामा १३ जना, वन सम्बन्धी मुद्दामा ३ जना, ज्यान मार्ने उद्योगमा ९ जना, खुनी डाका मुद्दामा ६ जना, सवारी ज्यान मुद्दामा ९ जना कैदीबन्दीहरु रहेका छन् । 
    त्यस्तै मान ओसारपोसार मुद्दामा ४ जना, किर्ते मुद्दामा १४ जना, हातहतियार मुद्दामा ४ जना, ठगि मुद्दामा ११ जना, केही सार्वजनिक अपराध मुद्दामा ३ जना, चोरी मुद्दामा १२ जना, डाका मुद्दामा १४ जना र लागु औषध मुद्दामा ३६ जना कैदीबन्दीहरु सो कारागारमा रहेका छन् । 
    यता कारागारका निमित्त जेलर सत्यनारायण यादवले कारागारको भौतिक संरचनाको अवस्था बारे सम्बन्धीत निकायमा बारम्बार जानकारी दिँद समेत कुनै सुनुवाई नभएको गुनासो पोखेका छन् । उनले भने, “एक त कारागारको भवन पुरानो तथा अत्यन्त जिर्ण भइसकेको छ र अर्कोतर्फ दिनादिन कैदीबन्दीको संख्या बढ्दै जाँदा ठाउँको अभावका जसोतसो भएकै ठाउँमा राख्न बाध्य छौं ।” 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु