दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरीको महादेबा गाउँपालिकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुदैछ ।
अख्तियारको टोली आएर अनियमितता, भ्रष्टाचारको अनुगमन शुरु गरे पछि धमाधम होमपाइप जडान गरिएको देखिदै छ ।
आर्थिक बर्ष २०७४÷०७५ को बजेट अनुसार काम नगरी बजेट सिध्याएको जनगुनासो पश्चात् अख्तियारको अनुगमन टोली आएपछि अहिले जनप्रतिनिधिहरु धमाधम पुरानो काम सम्पन्न गर्न लागिपरेका छन ।
वडा न. १ को अगाडी टोलमा जनप्रतिनिधिहरुले माटो, ग्राइभेल तथा होमपाइप जडानमा मात्रै ७० लाख हचुवाको तालमा खर्च गरेका थिए । डिहबार बाबा थान (चन्द्र नहर) देखि बलथि गाउँको पुछार सम्ममा माटो, ग्राइभेल तथा होमपाइप जडान गर्न सो रकम बरावरको कामै नगरि सिध्याएका थिए । हाल सो कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुगमनमा टोली आएपछि घटना सार्वजनिक भएको हो ।
तत्कालीन उपभोक्ता समितिका अध्यक्ष अमर यादव र कोषाध्यक्ष सुदिलाल सदा सहितकाहरुको मिलोमतोमा उक्त बजेट कामै नगरि सकाएको आरोप स्थानीयहरुको रहेको छ । स्रोतका अनुसार गाउपालिका स्तरीय योजना मध्ये कुल बजेट १ करोड ३० लाख मध्ये वडा न. १ मा ७० लाखको लागतमा सो वडामा काम नलाग्ने स्थानमा होमपाइप जडान गरि बजेट सिध्याउनका लागि जनप्रतिनिधिहरु लागिपरेको स्थानीय बिरेन्द्र गोइतको आरोप छ ।
गोइतले भने “जुन ठाउँमा होमपाइप जडान गरेको छ त्यस ठाउँमा पानी निकास हुदैन तथा सिचाइको लागि पनि आवश्यकता नभएको स्थानमा बजेट सिध्याउन स्थानीय जनप्रतिनिधिहरु धमाधम होमपाइप जडान गर्दै आएका थिए ।”
सो आर्थिक बर्षमा महादेवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशब कुमार झा तथा लेखापाल हिरालाल यादवले नै उक्त रकमको भुक्तानी दिएका थिए ।
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
सारांश
- अख्तियारको टोली आएर अनियमितता, भ्रष्टाचारको अनुगमन शुरु गरे पछि धमाधम होमपाइप जडान गरिएको देखिदै छ ।
- आर्थिक बर्ष २०७४÷०७५ को बजेट अनुसार काम नगरी बजेट सिध्याएको जनगुनासो पश्चात् अख्तियारको अनुगमन टोली आएपछि अहिले जनप्रतिनिधिहरु धमाधम पुरानो काम सम्पन्न गर्न लागिपरेका छन ।
- वडा न.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया