चन्दन कुमार यादव
राजविराज, १४ कात्तिक ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राजपा पार्टी कसैले भन्ने बित्तिकै समाप्त नहुने स्पष्ट पार्दै मधेशी जनताले अब सबै कुरा बुभ्mने भएकोले यस्ता बोल्ने नेताले मधेशको अधिकार दिलाउनुको साटो मधेश छोडेर भागको आरोप लगाएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ स्थित ब्रहमपुरमा शुक्रबार राजपा नेपाल प्रदेश समिति क्षेत्र ३ ख द्वारा आयोजित दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।
नेता यादबले राजपा नेपाल र समाजवादी पार्टी बिचको एकताको बारेमा पार्टी गम्भीर रहेकोले बाहिरको कुरा सुनेर राजपा एकीकरण नभए समाप्त हुने प्रचार वाजीले पार्टी रति पनि बिचल्ली नहुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिबासी, दलित, मुस्लिम, मधेशी तथा सम्पूर्ण उत्पिडन वर्गका लागि बैकल्पिक शक्ति निर्माणको विकल्प नरहेको समेत बताएका छन् ।
नेता यादवले एउटा पार्टीका जनप्रतिनिधिले अर्को पार्टीका जनप्रतिनिधिसँग बोल्न समेत नचाहने प्रबृत्ति हाबी भएकाले विकासको कामले गति लिन नसकेको गुनासो गरे । कुनै पनि क्षेत्र वा स्थानमा एउटा पार्टीका जनप्रतिनिधिले गर्न लागेको काममा अर्कोले खुट्टा तान्ने मानसिकता नहटेसम्म मधेशको सामाजिक र आर्थिक रूपान्तरण हुन नसक्ने उनले उल्लेख गरे ।
उक्त कार्यक्रममा राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले राजपाले मधेशको सम्मान गर्दै मलेठ घटनाबाट निर्माण भएको पार्टी मधेशीको अधिकारको सवालमा एकजुट रहेको दाबी समेत गरे ।
सप्तरी निर्वाचन क्षेत्र ३ ख प्रदेश सासंद बिदेश्वर यादबले यस क्षेत्रको बिकासको लागि आफु प्रतिबद्ध रहेकोले त्यस अनुरूप ब्रहपुरमा मञ्चसहित अन्य बाटो तथा समुदायको उत्थानका लागि कार्यक्रम गर्दै आउने प्रतिबद्धता जनाए ।
सो अवसरमा पार्टीका अर्का बरिष्ठ उपाध्यक्ष शेखर कुमार सिँहले राजपा नेपाल पार्टी देशको ठूलो शक्ति भएर उदाउने बताउदै पार्टीमा एकजुट भएर मधेशको मुक्तीको लागि शसक्त भएर अगाडी बढने बताए ।
राजपा नेपाल केन्द्रिय महासचिव गजेन्द्र कुमार मण्डलले मधेशको अधिकारको लागि तथा शहिदको सपनाको साकार पार्न पार्टी प्रतिबद्ध रहेकोले अधिकारको लडाईलाई अन्तिम निणार्यक बनाउन शसक्त आन्दोलन गर्नु पर्नेमा जोड दिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा ब्रहमपुरका स्थानिय नेता तथा वडा अध्यक्ष प्रत्याशी मोहम्मद हजरतको नेतृत्वमा मो साबिर, मोहम्मद कारूण, मोहम्मद मुदिन लगायतको सयौ नेता तथा कार्यकर्ता राजपा नेपालमा प्रबेश गरेको छन । नव प्रबेशीहरूलाई राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादब, बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिँह, शेखर कुमार सिँहले फुलमाला लगाई पार्टी भित्राएका थिए ।
सोही अवसरमा पुर्व संचार मन्त्री समेत रहेका नेता यादबले डाक्नेश्वरी नगरपालीका ७ स्थित ब्रहमपुरमा समाजिक बिकास मन्त्रालयको सहयोगमा तथा प्रदेश सासंद बिदेश्वर यादबको पहलमा निर्मित १० लाखको लागतमा सार्वजनिक मञ्चको उदघाटन समेत गरे ।
कार्यक्रममा जिसस सप्तरीका प्रमुख प्रभाकर यादब, सप्तरी राजपा अध्यक्षमण्डल संयोजक हरेराम यादब, रूपनी गाउपालीका अध्यक्ष हरेराम यादब, डाक्नेश्वरी प्रमुख शिव नारायण साह, राजपा नेपाल केन्द्रीय सदस्य दिनेश कुमार यादब, बिशेश्वर रजक, बिद्यार्थी नेता शम्भु कुमार यादब, शिक्षक संगठन सुभाष साह, दलित संघका केन्द्रीय अध्यक्ष श्याम सरदार लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन युवा नेता राजेश्वर रायले गरेका थिए ।
राजपा पार्टी कसैले भन्ने बित्तिकै समाप्त हुदैन ः नेता राजकिशोर यादव
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ स्थित ब्रहमपुरमा शुक्रबार राजपा नेपाल प्रदेश समिति क्षेत्र ३ ख द्वारा आयोजित दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।
- नेता यादबले राजपा नेपाल र समाजवादी पार्टी बिचको एकताको बारेमा पार्टी गम्भीर रहेकोले बाहिरको कुरा सुनेर राजपा एकीकरण नभए समाप्त हुने प्रचार वाजीले पार्टी रति पनि बिचल्ली नहुने बताए ।
- कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिबासी, दलित, मुस्लिम, मधेशी तथा सम्पूर्ण उत्पिडन वर्गका लागि बैकल्पिक शक्ति निर्माणको विकल्प नरहेको समेत बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया