खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 

राजविराज राजविराज
|
बुधबार, पौष २३, २०७६
|
|
६७ पटक हेरिएको
Shares
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 

सारांश

  •     सुरुङ्ग नगरपालिकाको वडा नं.
  • २ र ४ तथा खडक नगरपालिकाको वडा ५ र ६ मा गरी ४ स्थानमा खानेपानी आयोजना संचालन भई समुदायमा हस्तान्तरण गर्ने तयारी थालिएपछि वर्षौदेखी स्वच्छ खानेपानी पिउने स्थानियको सपना साकार हुन भएको छ ।
  •       बर्षौदेखि खोलाको अशुद्ध र आईरनको मात्रा अत्याधिक भएको ट्युवेलको पानी खान बाध्य भएका झण्डै २० हजार स्थानीयवासीको स्वच्छ खानेपानी पिउने सपना साकार हुनेभएको हो ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस । 
    सप्तरीको सुरुङ्गा र खडक नगरपालिकामा वर्षौदेखी पुरा हुन नसकेको खानेपानी आयोजना अब संचालन भई समुदायमा हस्तान्तरण गर्ने तयारी थालिएको छ ।  
    सुरुङ्ग नगरपालिकाको वडा नं. २ र ४ तथा खडक नगरपालिकाको वडा ५ र ६ मा गरी ४ स्थानमा खानेपानी आयोजना संचालन भई समुदायमा हस्तान्तरण गर्ने तयारी थालिएपछि वर्षौदेखी स्वच्छ खानेपानी पिउने स्थानियको सपना साकार हुन भएको छ । 
    बर्षौदेखि खोलाको अशुद्ध र आईरनको मात्रा अत्याधिक भएको ट्युवेलको पानी खान बाध्य भएका झण्डै २० हजार स्थानीयवासीको स्वच्छ खानेपानी पिउने सपना साकार हुनेभएको हो ।
    खाने पानी आयोजना संचालन भएपछि त्यहाका १ हजार ७ घर धुरीका २० हजार ७ सय व्यक्ति लाभान्वित हुने श्रीपुर्राज सामुदायीक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले जानकारी दिएका छन् । 
    ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फन्डबोर्ड)को २ करोड ८४ लाख २२ हजार ४ सय ८४, समुदायीक नगद ६ लाख ६५ हजार १ सय ७० तथा सामुदायीक श्रमदान १ करोड ८५ लाख १० हजार बरावरको सहयोगमा भेडिया, रंजितपुर, डिहिवार र चक्वा खानेपानी तथा सरसफाई आयोजना मार्फत खानेपानी आयोजना सम्पन्न भएको उनले बताए ।
    ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति प्रमुख सहयोगी निकाय रहेको उक्त आयोजना कार्यन्वन र सहयोगी संस्थाको रुपमा रहेका श्रीपुरार्ज समुदायी विकास केन्द्रले २०७३ सालमा आयोजना निर्माण कार्य प्रारम्भ गरेको थियो । 
    निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै संस्थाका टिम लिडर विनोदानन्द चौधरीले एक महिना भित्रै सम्पन्न आयोजना समुदायमा हस्तान्तण गर्ने तयारी भईरहेको जानकारी समेत दिए ।
    आयोजना निर्माणमा स्थानिय उपभोक्ताको साझेदारी समेत रहेकाले यसको दिगोपना हुन्छ भने विश्वास हामीलाई लागेको खडक नगरपालिकाका प्रमुख हेमायु हकको भनाई छ । 
    स्वच्छ खानेपानीबाट बञ्चित स्थानियमा पानीको सहज पहुच पुर्याउन थालिएको आयोजना समयम सम्पन्न भई समुदायमा हस्तान्तरण हुन लागेको खबरले सवैलाई खुशी तुल्याएको सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीको भनाई छ । 
    यता पहिलो पटक पाईप लाईनबाट गाउँमा स्वच्छ खानेपानी पुग्न लागेको खबरले स्थानियबासी उत्साहित देखिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न
भ्रष्टाचार मुक्त देश  निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
भ्रष्टाचार मुक्त देश  निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध
आगलागिमा झण्डै १४ लाख  बराबरको धनमाल क्षति
आगलागिमा झण्डै १४ लाख  बराबरको धनमाल क्षति
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी