दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सप्तरीको सुरुङ्गा र खडक नगरपालिकामा वर्षौदेखी पुरा हुन नसकेको खानेपानी आयोजना अब संचालन भई समुदायमा हस्तान्तरण गर्ने तयारी थालिएको छ ।
सुरुङ्ग नगरपालिकाको वडा नं. २ र ४ तथा खडक नगरपालिकाको वडा ५ र ६ मा गरी ४ स्थानमा खानेपानी आयोजना संचालन भई समुदायमा हस्तान्तरण गर्ने तयारी थालिएपछि वर्षौदेखी स्वच्छ खानेपानी पिउने स्थानियको सपना साकार हुन भएको छ ।
बर्षौदेखि खोलाको अशुद्ध र आईरनको मात्रा अत्याधिक भएको ट्युवेलको पानी खान बाध्य भएका झण्डै २० हजार स्थानीयवासीको स्वच्छ खानेपानी पिउने सपना साकार हुनेभएको हो ।
खाने पानी आयोजना संचालन भएपछि त्यहाका १ हजार ७ घर धुरीका २० हजार ७ सय व्यक्ति लाभान्वित हुने श्रीपुर्राज सामुदायीक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले जानकारी दिएका छन् ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फन्डबोर्ड)को २ करोड ८४ लाख २२ हजार ४ सय ८४, समुदायीक नगद ६ लाख ६५ हजार १ सय ७० तथा सामुदायीक श्रमदान १ करोड ८५ लाख १० हजार बरावरको सहयोगमा भेडिया, रंजितपुर, डिहिवार र चक्वा खानेपानी तथा सरसफाई आयोजना मार्फत खानेपानी आयोजना सम्पन्न भएको उनले बताए ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति प्रमुख सहयोगी निकाय रहेको उक्त आयोजना कार्यन्वन र सहयोगी संस्थाको रुपमा रहेका श्रीपुरार्ज समुदायी विकास केन्द्रले २०७३ सालमा आयोजना निर्माण कार्य प्रारम्भ गरेको थियो ।
निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै संस्थाका टिम लिडर विनोदानन्द चौधरीले एक महिना भित्रै सम्पन्न आयोजना समुदायमा हस्तान्तण गर्ने तयारी भईरहेको जानकारी समेत दिए ।
आयोजना निर्माणमा स्थानिय उपभोक्ताको साझेदारी समेत रहेकाले यसको दिगोपना हुन्छ भने विश्वास हामीलाई लागेको खडक नगरपालिकाका प्रमुख हेमायु हकको भनाई छ ।
स्वच्छ खानेपानीबाट बञ्चित स्थानियमा पानीको सहज पहुच पुर्याउन थालिएको आयोजना समयम सम्पन्न भई समुदायमा हस्तान्तरण हुन लागेको खबरले सवैलाई खुशी तुल्याएको सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीको भनाई छ ।
यता पहिलो पटक पाईप लाईनबाट गाउँमा स्वच्छ खानेपानी पुग्न लागेको खबरले स्थानियबासी उत्साहित देखिएका छन् ।
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार
सारांश
- सुरुङ्ग नगरपालिकाको वडा नं.
- २ र ४ तथा खडक नगरपालिकाको वडा ५ र ६ मा गरी ४ स्थानमा खानेपानी आयोजना संचालन भई समुदायमा हस्तान्तरण गर्ने तयारी थालिएपछि वर्षौदेखी स्वच्छ खानेपानी पिउने स्थानियको सपना साकार हुन भएको छ ।
- बर्षौदेखि खोलाको अशुद्ध र आईरनको मात्रा अत्याधिक भएको ट्युवेलको पानी खान बाध्य भएका झण्डै २० हजार स्थानीयवासीको स्वच्छ खानेपानी पिउने सपना साकार हुनेभएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया