दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
“लैङ्गिक हिंसा अन्त्यको सुनिश्तिताः महिला बालबालिकामा लगानीको एक्यबद्धता” नाराकका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रवार सप्तरीको दुई पालिकामा सचेतनामुलक कक्षा संचालन तथा कृषि उपज सामग्री प्रदान गरिएको छ ।
खाद्य तथा कृषि संगठन (फुड एण्ड एग्रीकल्चर अर्गनाईजेशन, संयुक्त राष्ट्र संघ) काठमाडौंद्वारा छिन्नमस्ता गाउँपालिका ५ लोखरम तथा तिलाठी कोईलाडी गाउँपालिका ३ को वडा कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको हो ।
लोखरममा आयोजित कार्यक्रममा महिलामाथी हुने हिंसा, छोरा छोरी बीच विभेद, दाईजो प्रथा, बालविवाह, घरेलु हिंसा, यौनजन्य दूव्र्यहार लगायतका विकृति अन्त्य गर्ने विषयमा स्थानीयहरुलाई भेला गराई कक्षा संचालन मार्फत संदेश प्रवाह गरिएको छ ।
महिलाहरुले नै सहजिकरण गरेको कार्यक्रममा यस प्रकारका समाजिक कुरिती समाप्त गर्न तथा विभेद र हिंंसामा परेमा त्यसलाई लुकाउनु भन्दा पनि प्रचलित कानून अनुसार कानुनी प्रक्रिया र मुदाका लागी अग्रसरता लिनु पर्नेमा जोड दिइएको थियो ।
महिला अभियन्ता एवं कृषि प्रशिक्षक ममता साह, कार्यक्रम संयोजक श्रेया थपालिया र आयोजक संस्थाकी सञ्चार सहायिकका रोजीता मिश्रले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा स्थानीय महिला कृषकहरुका लागी विभिन्न तरकारीका २४ सय प्याकेट विउ वितरण गरिएको बताए ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिकामा पनि यस्तै सचेतना मुलक कार्यक्रमको आयोजना गरी २२ मेट्रिक टन गहुँको विउ वितरण गरिएको संयोजक थपलियाले जानकारी दिईन । ग्रामिण महिलाको आर्थिक सशक्तीकरण परियोजना अन्तर्गत उक्त कृषि सामग्री वितरण गरिएको उनको भनाई छ ।
तिलाठी कोइलाडी गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिको समन्वयमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र सप्तरीका निमित्त प्रमुख किशन देव राउत, वडाअध्यक्ष जय प्रकाश ठाकुर, रमेश मुखिया, प्रेस स्वतन्त्रता सेनानी बैद्यथाथ झा, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी लगायतको पनि उपस्थिती रहेको थियो ।
महिलालाई सचेतनामुलक कक्षा संचालन तथा कृषि उपज सामग्री प्रदान
सारांश
- खाद्य तथा कृषि संगठन (फुड एण्ड एग्रीकल्चर अर्गनाईजेशन, संयुक्त राष्ट्र संघ) काठमाडौंद्वारा छिन्नमस्ता गाउँपालिका ५ लोखरम तथा तिलाठी कोईलाडी गाउँपालिका ३ को वडा कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको हो ।
- लोखरममा आयोजित कार्यक्रममा महिलामाथी हुने हिंसा, छोरा छोरी बीच विभेद, दाईजो प्रथा, बालविवाह, घरेलु हिंसा, यौनजन्य दूव्र्यहार लगायतका विकृति अन्त्य गर्ने विषयमा स्थानीयहरुलाई भेला गराई कक्षा संचालन मार्फत संदेश प्रवाह गरिएको छ ।
- महिलाहरुले नै सहजिकरण गरेको कार्यक्रममा यस प्रकारका समाजिक कुरिती समाप्त गर्न तथा विभेद र हिंंसामा परेमा त्यसलाई लुकाउनु भन्दा पनि प्रचलित कानून अनुसार कानुनी प्रक्रिया र मुदाका लागी अग्रसरता लिनु पर्नेमा जोड दिइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया