कृषि उपकरण चोरी गर्ने तीन पक्राउ

राजविराज राजविराज
|
सोमबार, पौष २५, २०७९
|
|
२८ पटक हेरिएको
Shares
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ

सारांश

  •     कृषकहरुले उत्पादनका लागी खेत र आसपास जडान गरेका ती कृषि उपकरणहरु रातीको समयमा चोरी गर्ने गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
  •       उनीहरुको साथबाट चोरी गरिएक कृषि उपकरण, बोरिङ्ग टि सकेट ३ थान, ट्युवेल २ थान, पानी तान्ने पाईप १ थान, तारसहितको कृषिमिटर १ थान र चोरी प्रयोजनका लागी प्रयोग गरिएका १ थान साईकल बरामद गरिएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
  •       उनीहरुले केही दिन यता रातीको समयमा सोही वडाका कृषक राजकुमार साह, रामकुमार यादव, परशुराम यादव, राजकुमार शर्मा, दुखीलाल यादव र महेशप्रसाद साह लगायतको खेतबाट उक्त कृषि उपकरण चोरी गरेको पाइएको डिएसपी सिंहले बताए ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 

    कृषि उपकरण चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका १ का २८ वर्षिय संतोष भन्ने श्रीराम यादव, ३० वर्षिय मनोज साह र २५ वर्षिय दिपेन यादव छन । 
    कृषकहरुले उत्पादनका लागी खेत र आसपास जडान गरेका ती कृषि उपकरणहरु रातीको समयमा चोरी गर्ने गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । 
    उनीहरुको साथबाट चोरी गरिएक कृषि उपकरण, बोरिङ्ग टि सकेट ३ थान, ट्युवेल २ थान, पानी तान्ने पाईप १ थान, तारसहितको कृषिमिटर १ थान र चोरी प्रयोजनका लागी प्रयोग गरिएका १ थान साईकल बरामद गरिएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । 
    उनीहरुले केही दिन यता रातीको समयमा सोही वडाका कृषक राजकुमार साह, रामकुमार यादव, परशुराम यादव, राजकुमार शर्मा, दुखीलाल यादव र महेशप्रसाद साह लगायतको खेतबाट उक्त कृषि उपकरण चोरी गरेको पाइएको डिएसपी सिंहले बताए । 
    पक्राउ परेकाहरुलाई सोमवार सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर चोरी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?