दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सप्तरीले जिल्लाको महादेवा गाउँपालीको ढिकलीबाट जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान मंगलबारदेखी शुरु गरेको छ ।
नेकपा (माओबादी केन्द्र) का केन्द्रीय कमिटी सदस्य तथा जिल्ला पार्टी अध्यक्ष अशोक मण्डलले जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियानको शुरुवात गरेका हुन् ।
महादेवा गाउँपालिको आयोजनामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला बसन्त मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का पार्टी कमिटी सदस्य महेशप्रसाद यादव, छेदि रजक, अरुण साह, जिल्ला पार्टी कमिटी सदस्यहरु दिपेन्द्र माझी, भुलाइ राम, लक्ष्मी चौधरी, कृष्णदेव मण्डल, पत्रकार देवराम यादव लगायतको उपस्थिति रहेको थियो ।
अभियान अन्र्तगत मनोज यदवकोे अध्यक्षतामा ५१ सदस्यीय गाउँ समिति, गोबिन्द सरदारको संयोजकत्वमा तथा भागवत साहको सहसंयोजकत्वमा २५ सदस्यीय किसानको गाउँ समिति, फुलो सदाको संयोजकत्वमा २५ सदस्यीय महिला गाउँ समिति, ईन्द्र मण्डलको संयोजकत्व तथा राधेश्याम यादवको सहसंयोजकत्वमा २५ सदस्यीय विद्यार्थी, गाउँकमिटी, बेजु कामतको संयोजकत्वमा २५ सदस्यीय युवा गाउँकमिटी, रामदत्त मण्डलको संयोजकत्व तथा झबर सरदारको सहसंयोजकत्वमा २५ सदस्यीय मजदुर गाउँ कमिटी गठन गरी जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय गरिएको जनाइएको छ ।
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु
सारांश
- नेकपा (माओबादी केन्द्र) का केन्द्रीय कमिटी सदस्य तथा जिल्ला पार्टी अध्यक्ष अशोक मण्डलले जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियानको शुरुवात गरेका हुन् ।
- महादेवा गाउँपालिको आयोजनामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला बसन्त मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का पार्टी कमिटी सदस्य महेशप्रसाद यादव, छेदि रजक, अरुण साह, जिल्ला पार्टी कमिटी सदस्यहरु दिपेन्द्र माझी, भुलाइ राम, लक्ष्मी चौधरी, कृष्णदेव मण्डल, पत्रकार देवराम यादव लगायतको उपस्थिति रहेको थियो ।
- अभियान अन्र्तगत मनोज यदवकोे अध्यक्षतामा ५१ सदस्यीय गाउँ समिति, गोबिन्द सरदारको संयोजकत्वमा तथा भागवत साहको सहसंयोजकत्वमा २५ सदस्यीय किसानको गाउँ समिति, फुलो सदाको संयोजकत्वमा २५ सदस्यीय महिला गाउँ समिति, ईन्द्र मण्डलको संयोजकत्व तथा राधेश्याम यादवको सहसंयोजकत्वमा २५ सदस्यीय विद्यार्थी, गाउँकमिटी, बेजु कामतको संयोजकत्वमा २५ सदस्यीय युवा गाउँकमिटी, रामदत्त मण्डलको संयोजकत्व तथा झबर सरदारको सहसंयोजकत्वमा २५ सदस्यीय मजदुर गाउँ कमिटी गठन गरी जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया