हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 

राजविराज राजविराज
|
बुधबार, पौष ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 

सारांश

  •     छाता संगठन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले मंगलबार राजविराजमा पत्रकार सम्मेलनमार्फत आन्दोलनबारे जानकारी दिएको हो ।
  •     पत्रकार सम्मेलनमा एशोसिएसनका जिल्ला अध्यक्ष देव नारायण यादवले अतिरिक्त कर्मचारीहरुले पेशागत हकहितका विभिन्न १४ बुँदे माग अघि सार्दै आन्दोलनको तयारी थालिएको जानकारी दिए ।
  •       आगामी पुस ७ गते नेपाल अतिरिक्त हुलाक कर्मचारीहरुको राष्ट्रिय भेला सदरमुकाम राजविराजमा आयोजना गर्न लागिएको जानकारी दिदै उनले सोही भेलाबाट १४ बुँदे माग सहित आन्दोलनको मिति र स्वरुप सार्वजनिक गर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
    हुलाकका कर्मचारीलाई निजामती कर्मचारी सरह सेवा सुविधा लागु हुनुपर्ने मुख्य माग राख्दै आन्दोलन गर्ने भएका छन् । 
    छाता संगठन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले मंगलबार राजविराजमा पत्रकार सम्मेलनमार्फत आन्दोलनबारे जानकारी दिएको हो ।
    पत्रकार सम्मेलनमा एशोसिएसनका जिल्ला अध्यक्ष देव नारायण यादवले अतिरिक्त कर्मचारीहरुले पेशागत हकहितका विभिन्न १४ बुँदे माग अघि सार्दै आन्दोलनको तयारी थालिएको जानकारी दिए । 
    आगामी पुस ७ गते नेपाल अतिरिक्त हुलाक कर्मचारीहरुको राष्ट्रिय भेला सदरमुकाम राजविराजमा आयोजना गर्न लागिएको जानकारी दिदै उनले सोही भेलाबाट १४ बुँदे माग सहित आन्दोलनको मिति र स्वरुप सार्वजनिक गर्ने बताए । 
    निजामति कर्मचारी सरह सेवा सुविधा, अतिरिक्त हुलाकलाई पनि तालिमको व्यवस्था, विमाको व्यवस्था नागरिक लगानी कोष कट्टा, हुलाक कर्मचारीलाई हुलाक बचत ब्याजबाट ५ लाख ऋणको व्यवस्था, लुगाभत्ताको व्यवस्था लगायत १४ बुँदे माग राष्ट्रिय भेला मार्फत सरकार समक्ष प्रस्तुत गर्ने र दवावका लागी चरणबद्घ आन्दोलन गर्ने एशोसिएसनको निर्णय भएको उनले जानकारी गराए । 
    यस अघि पनि पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउँदा पनि वेवास्था गरिएकाले बाध्य भई राष्ट्रिय भेला बोलाई सोही भेला मार्फत आन्दोलनको तयारी थालिएको उनको भनाई छ । हुलाक कर्मचारीहरुका आधारभूत सेवा, सुविधा सम्बोधन नभए सम्म घोषित हुने आन्दोलन नरोकिने उनले बताए । जिल्लामा ९१ अतिरिक्त हुलाक, १७ वटा ईलाका हुलाक र १ जिल्ला हुलाक कार्यालयमा गरी २ सय ८८ कर्मचारी कार्यरत छन् ।
    सो पत्रकार सम्मेलनमा प्रदेश १ र २ का जिल्ला एशोसिएसनका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
वडा कार्यालयमा चोरी भएका  समानसहित एक पक्राउ
वडा कार्यालयमा चोरी भएका  समानसहित एक पक्राउ
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
राजविराज मालपोत परिसरभित्र प्रभुको काउण्टर
वैश्य महासंघको मेची–महाकाली अभियान
वैश्य महासंघको मेची–महाकाली अभियान
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश 
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश 
डुवान र कटान प्रभावित क्षेत्रमा प्रजिअको टोली स्थलगत निरिक्षणमा
डुवान र कटान प्रभावित क्षेत्रमा प्रजिअको टोली स्थलगत निरिक्षणमा