छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत

राजविराज राजविराज
|
शनिबार, चैत्र ९, २०७५
|
|
१०२ पटक हेरिएको
Shares

सारांश

  •     उनले उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउँदै औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने उल्लेख गरे ।
  •       कार्यक्रममा प्रतिनिधिसभा सांसद सरिता यादवले भ्रष्टाचार विकासको घातक भएको भन्दै विकास गर्ने हो भने भ्रष्टाचारलाई रोक्नुपर्ने बताइन् ।
  • उनले पञ्चकन्या धामलाई विश्वकै सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गरिन् ।

    राजविराज÷प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई हेर्ला गर्ने समय समाप्त भएको भन्दै छोरी अभिशाप नभई बरदान भएको बताएका छन् । 
    सप्तरीको कंचनरुप नगरपालिका १२ रुपनगर श्रावणपुरमा आयोजित पंचकन्या धार्मिक तथा साँस्कृतिक महोत्सवको शनिबार समापन अवसरमा मुख्यमन्त्री राउतले छारी जन्मे भने मन छोटो नगरिकन छोरीलाई राम्रो शिक्षा दिएमा छोरा जस्तै छोरी पनि अगाडी बढेर घर परिवार चलाउने र देशलाई सघाउन सक्ने बताए । 
    प्रदेश सरकारले “बेटी पढाऔं, बेटी बचाऔं” अभियान शुरु गरेको स्मरण गर्दै उनले प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण दिन सरकारले काम गरिरहेको जानकारी समेत दिए ।
    उनले उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउँदै औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने उल्लेख गरे । 
    कार्यक्रममा प्रतिनिधिसभा सांसद सरिता यादवले भ्रष्टाचार विकासको घातक भएको भन्दै विकास गर्ने हो भने भ्रष्टाचारलाई रोक्नुपर्ने बताइन् । उनले पञ्चकन्या धामलाई विश्वकै सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गरिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
अख्तियार र चिया पसलको गफ
अख्तियार र चिया पसलको गफ
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 
साइकल वितरणपछि विद्यालयमा छात्राको ओइरो,  दुई हजार तीन सय छात्रालाई साइकल बितरण
साइकल वितरणपछि विद्यालयमा छात्राको ओइरो, दुई हजार तीन सय छात्रालाई साइकल बितरण
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता