राजविराज÷प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई हेर्ला गर्ने समय समाप्त भएको भन्दै छोरी अभिशाप नभई बरदान भएको बताएका छन् ।
सप्तरीको कंचनरुप नगरपालिका १२ रुपनगर श्रावणपुरमा आयोजित पंचकन्या धार्मिक तथा साँस्कृतिक महोत्सवको शनिबार समापन अवसरमा मुख्यमन्त्री राउतले छारी जन्मे भने मन छोटो नगरिकन छोरीलाई राम्रो शिक्षा दिएमा छोरा जस्तै छोरी पनि अगाडी बढेर घर परिवार चलाउने र देशलाई सघाउन सक्ने बताए ।
प्रदेश सरकारले “बेटी पढाऔं, बेटी बचाऔं” अभियान शुरु गरेको स्मरण गर्दै उनले प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण दिन सरकारले काम गरिरहेको जानकारी समेत दिए ।
उनले उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउँदै औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद सरिता यादवले भ्रष्टाचार विकासको घातक भएको भन्दै विकास गर्ने हो भने भ्रष्टाचारलाई रोक्नुपर्ने बताइन् । उनले पञ्चकन्या धामलाई विश्वकै सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गरिन् ।
छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत
सारांश
- उनले उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउँदै औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने उल्लेख गरे ।
- कार्यक्रममा प्रतिनिधिसभा सांसद सरिता यादवले भ्रष्टाचार विकासको घातक भएको भन्दै विकास गर्ने हो भने भ्रष्टाचारलाई रोक्नुपर्ने बताइन् ।
- उनले पञ्चकन्या धामलाई विश्वकै सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गरिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया