राजविराज÷आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार भएको उम्मेदवारी मनोननय पत्र दर्ता कार्यक्रम अन्तरगत नेवि संघले महेश यादव सभापति तथा पहिलो पल्ट स्ववियु निर्वाचनमा सहभागि भएका विद्यार्थी जनमत संघले रामभजन मण्डल सभापति रहेको प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र लोकतान्त्रिक विद्यार्थी संघ गठबन्धन गरि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । यो गठबन्धनबाट समाजवादी विद्यार्थी युनियनका रंजित यादव सभापतिका उम्मेदवार हुन् ।
एमाले निकटका अनेरास्ववियु र एकिकृत समाजवादी निकटका अनेरास्ववियुले पनि गठबन्धन गर्दै प्यानलसहित उम्मेदवारी दिएका छन् । यो प्यानलबाट एमाले निकटको अनेरास्ववियुका रंजिवकुमार साह सभापतिका उम्मेदवार बनेका छन् ।
स्ववियु निर्वाचनमा पहिलो पटक सहभागि भएका अर्का राष्ट्रिय विद्यार्थी परिषद् तथा आम विद्यार्थी मोर्चाका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ । परिषद्का तर्फबाट सचिव पदमा बिनयकुमार यादवले एकल उम्मेदवारी दिएका छन् । यस्तै मोर्चाका तर्फबाट सभापति पदमा डोलि कुमारी दासले उम्मेदवारी दिएकी छिन् ।
समानुपातितर्फ ९ र प्रत्यक्षतर्फ १० गरि १९ पदका लागि हुने निर्वाचनमा कुल मतदाता संख्या १ हजार ९ सय १४ रहेको निर्वाचन अधिकृत रामअशिष यादवले जानकारी दिए ।
त्रिविवि कार्यकारी परिषद्को निर्णय अनुसार चैत ५ मा देशभरका आंगिक, सामुदायिक र निजि क्याम्पसमा निर्वाचन हुँदैछ ।
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
सारांश
- एमाले निकटका अनेरास्ववियु र एकिकृत समाजवादी निकटका अनेरास्ववियुले पनि गठबन्धन गर्दै प्यानलसहित उम्मेदवारी दिएका छन् ।
- यो प्यानलबाट एमाले निकटको अनेरास्ववियुका रंजिवकुमार साह सभापतिका उम्मेदवार बनेका छन् ।
- स्ववियु निर्वाचनमा पहिलो पटक सहभागि भएका अर्का राष्ट्रिय विद्यार्थी परिषद् तथा आम विद्यार्थी मोर्चाका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया