स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता

राजविराज राजविराज
|
शनिबार, फाल्गुन २७, २०७९
|
|
११७ पटक हेरिएको
Shares
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता

सारांश

  •     एमाले निकटका अनेरास्ववियु र एकिकृत समाजवादी निकटका अनेरास्ववियुले पनि गठबन्धन गर्दै प्यानलसहित उम्मेदवारी दिएका छन् ।
  • यो प्यानलबाट एमाले निकटको अनेरास्ववियुका रंजिवकुमार साह सभापतिका उम्मेदवार बनेका छन् ।
  •       स्ववियु निर्वाचनमा पहिलो पटक सहभागि भएका अर्का राष्ट्रिय विद्यार्थी परिषद् तथा आम विद्यार्थी मोर्चाका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ ।

    राजविराज÷आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 
    शनिबार भएको उम्मेदवारी मनोननय पत्र दर्ता कार्यक्रम अन्तरगत नेवि संघले महेश यादव सभापति तथा पहिलो पल्ट स्ववियु निर्वाचनमा सहभागि भएका विद्यार्थी जनमत संघले रामभजन मण्डल सभापति रहेको प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । 
    यस्तै समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र लोकतान्त्रिक विद्यार्थी संघ गठबन्धन गरि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । यो गठबन्धनबाट समाजवादी विद्यार्थी युनियनका रंजित यादव सभापतिका उम्मेदवार हुन् । 
    एमाले निकटका अनेरास्ववियु र एकिकृत समाजवादी निकटका अनेरास्ववियुले पनि गठबन्धन गर्दै प्यानलसहित उम्मेदवारी दिएका छन् । यो प्यानलबाट एमाले निकटको अनेरास्ववियुका रंजिवकुमार साह सभापतिका उम्मेदवार बनेका छन् । 
    स्ववियु निर्वाचनमा पहिलो पटक सहभागि भएका अर्का राष्ट्रिय विद्यार्थी परिषद् तथा आम विद्यार्थी मोर्चाका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ । परिषद्का तर्फबाट सचिव पदमा बिनयकुमार यादवले एकल उम्मेदवारी दिएका छन् । यस्तै मोर्चाका तर्फबाट सभापति पदमा डोलि कुमारी दासले उम्मेदवारी दिएकी छिन् । 
    समानुपातितर्फ ९ र प्रत्यक्षतर्फ १० गरि १९ पदका लागि हुने निर्वाचनमा कुल मतदाता संख्या १ हजार ९ सय १४ रहेको निर्वाचन अधिकृत रामअशिष यादवले जानकारी दिए । 
    त्रिविवि कार्यकारी परिषद्को निर्णय अनुसार चैत ५ मा देशभरका आंगिक, सामुदायिक र निजि क्याम्पसमा निर्वाचन हुँदैछ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सुझाव
जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सुझाव
मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालय रौतहटमा झण्डा झुकाइयो
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो