दैनिक समाचारदाता
राजविराज, २१ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा स्वास्थ्य सामाग्रिको अभावमा स्वास्थ्यकर्मीलाई सेवा दिन समस्या परिरहेका बेला आइतबार एक सामाजिक संस्थाले व्यक्तिगत सुरक्षा सामाग्रि प्रदान गरेको छ ।
सेफ मदरहुड नेटवर्क फेडरेशन नेपालले विष्णुपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा सोही गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान गरेको हो ।
उक्त स्वास्थ्य सामाग्रि गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवलाई संस्थाका तर्फबाट नेपाली काँग्रेस सप्तरीका सभापति समेत रहेका दिनेशकुमार यादवले हस्तान्तरण गरेका हुन् ।
उपलब्ध गराइएको स्वास्थ्य सामाग्रिहरुमा पिपिई ड्रेस, सेनिटाइजर, थर्मल गण, मास्क, साबुन र क्वारेन्टाइनमा रहेका महिलाहरुका लागि स्यानेटरी प्याड लगायतका सामाग्रिहरु रहेको प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीले जानकारी दिए ।
वर्तमान अवस्थामा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामाग्रिको अभावमा स्वास्थ्यकर्मीहरु जोखीमपूर्ण सेवा दिन बाध्य भएको बिषम परिस्थितिलाई सहज बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रि प्रदान गरिएको संस्थाकी प्रमुख डा. आरजु राणाको भनाई छ । सप्तरीमा हालसम्म २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान
सारांश
- सेफ मदरहुड नेटवर्क फेडरेशन नेपालले विष्णुपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा सोही गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान गरेको हो ।
- उक्त स्वास्थ्य सामाग्रि गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवलाई संस्थाका तर्फबाट नेपाली काँग्रेस सप्तरीका सभापति समेत रहेका दिनेशकुमार यादवले हस्तान्तरण गरेका हुन् ।
- उपलब्ध गराइएको स्वास्थ्य सामाग्रिहरुमा पिपिई ड्रेस, सेनिटाइजर, थर्मल गण, मास्क, साबुन र क्वारेन्टाइनमा रहेका महिलाहरुका लागि स्यानेटरी प्याड लगायतका सामाग्रिहरु रहेको प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया