दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
बुधबार राजविराजमा संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरु अनुगमनको बिरुद्ध प्रदर्शन समेत गरेका छन् ।
अनुगमनको नाममा आफूहरुलाई चाडपर्वको बेला पनि अनावश्यक दुःख दिन थालेको भन्दै व्यापारीहरु बजार बन्द गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासन बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
भगवती मन्दिर रोडमा रहेको गोपाल एण्ड वजरंग ट्रेर्डसमा अनुगमन टोलीले अनुगमन गर्दा खुकुरी चुरोटको बट्टामा आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर टाँसिएको भेटिएपछि चुरोट नियन्त्रणमा लिएको थियो ।
प्रदर्शनमा उत्रेका व्यापारीहरुले प्रहरीकै मिलोमतोमा सीमानाकाबाट तस्करी हुने गरेको तथा ती कार्यलाई कडाई नगरि टोलीले उल्टै व्यापारीहरुलाई अनावश्यक तनाव दिने गरेको आरोप पनि लगाएका छन् ।
व्यापारीहरु बजार बन्द गरेर आन्दोलित हुन पुग्दा दशैंको बेला उपभोक्ताहरु मर्कामा परेका थिए ।
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
सारांश
- अनुगमनको नाममा आफूहरुलाई चाडपर्वको बेला पनि अनावश्यक दुःख दिन थालेको भन्दै व्यापारीहरु बजार बन्द गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
- उनीहरुले स्थानीय प्रहरी प्रशासन बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
- भगवती मन्दिर रोडमा रहेको गोपाल एण्ड वजरंग ट्रेर्डसमा अनुगमन टोलीले अनुगमन गर्दा खुकुरी चुरोटको बट्टामा आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर टाँसिएको भेटिएपछि चुरोट नियन्त्रणमा लिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया