आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल

राजविराज राजविराज
|
शनिबार, कार्तिक २२, २०७७
|
|
२४ पटक हेरिएको
Shares
आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल

सारांश

  •     सम्पन्न सभाले पुनः गणेश कुमार आशको नेतृत्वमा नव संचालक समिति चयन गरेको छ ।
  • सो समितिको उपाध्यक्षमा बिजयानन्द झा, सचिवमा शैलेशकुमार चौधरी, कोषाध्यक्षमा मंजु देवी साह सर्वसम्मतले चयन भएका छन् ।
  • त्यस्तै सदस्यहरुमा हरिराम जोशी, सुरज सिंह र कौशल्या कुमारी रजक चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक । 
    आइडियल सहकारी संस्था लिमिटेड राजविराजको शनिबार २१ औं साधारण सभा सम्पन्न भएको छ । 
    सम्पन्न सभाले पुनः गणेश कुमार आशको नेतृत्वमा नव संचालक समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा बिजयानन्द झा, सचिवमा शैलेशकुमार चौधरी, कोषाध्यक्षमा मंजु देवी साह सर्वसम्मतले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हरिराम जोशी, सुरज सिंह र कौशल्या कुमारी रजक चयन भएका छन् । 
    यसैगरि लेखा समितिको संयोजकमा दिनेश साह कसेरा तथा सदस्यहरुमा डम्बर महतो र सुदामा सिंह रहेका छन् । 
    यसअघि सम्पन्न सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष गणेश कुमार आशले अध्यक्षीय प्रतिवेदन पेश गर्दै संस्थाले कोरोना महामारीको बाबजुद बैकिङ कारोबारलाई निरन्तरता दिएको जानकारी दिए । उनले महामारीलाई ध्यानमा राख्दै सुरक्षित तरिकाले सेवा प्रवाह गरेको बताए । 
    सोही प्रतिवेदनमा सरकारले महामारीलाई मध्यनजर गर्दै गरेको लकडाउनको अवधी चैतदेखी असार मसान्तसम्ममा संस्थाले ३ करोड २० लाख ५१ हजार ६ सय ४९ रुँपैया ७३ पैसा मुनाफा हासिल गरेको उल्लेख छ । 
    त्यस्तै आ.ब. २०७६÷७७ मा संस्थाको शेयर पुँजीमा १ करोड थप भई ६ करोड ५ लाख १५ हजार २ सय पुगेको तथा कुल बचत ७० करोड ८५ लाख ९९ हजार ऋण लगानी गरि ६६ करोड ८६ लाख २६ हजार २ सय ९९ रुँपैया ३१ पैसा ऋण असुली गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । 
    प्रतिवेदनमा संस्थाले हाल ग्राहकहरुलाई स्मार्ट एपबाट दिइरहेको सेवाको रुपमा मिस्ड कल बैकिङ सेवा, इन्टरनेट बैकिङ सेवा, जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा, ई–सेवा वाइलेटमा लोड, एटिएम कार्डबाट भारतमा पनि रकम झिक्न पाउने व्यवस्था समेत गरेको जनाइएको छ । हाल संस्थाले राजविराजलगायत जिल्लाको पातो र हनुमाननगरबाट पनि सेवा प्रवाह गरिरहेको जनाइएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी
मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
पत्रकार झाप्रति श्रद्धाञ्जली 
पत्रकार झाप्रति श्रद्धाञ्जली 
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो 
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो 
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता