दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले कोरोना भाइरसको संक्रमणबाट जोगिन ब्यक्तिगत सतर्कता अपनाउनु नै अहिले सबै भन्दा उत्तम विकल्प भएको बताएका छन् ।
तृप्ती मेमोरियल नाक, कान तथा घाँटी अस्पताल तिलाठीद्वारा स्वास्थ्यकर्मीलाई शुक्रबार ब्यक्तिगत सुरक्षा उपकरण वितरण कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सो कुरा बताएका हुन् ।
दिनानुदिन बढ्दै गएको कोरोना भाइरसको संक्रमणप्रति आमजनमानस सचेत हुनु आवश्यक रहेको बताए ।
सो कार्यक्रमका अस्पतालका अध्यक्ष डा. अनिलकुमार झाले कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएकोले सावधानी अपनाउनुका साथै सामाजिक दुरीलाई ख्याल गर्नु अतिआवश्यक भएको बताए ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, अस्पतालका उपाध्यक्ष तथा आर्ट अफलिभिङ्गका निर्देशक ईन्जिनियर किशार कुमार झालगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा आठ वटै स्वास्थ्य संस्था प्रमुख, छिन्नमस्ता गाउँपालिकाको वरहीविरपुर र लोखरम स्वास्थ्य संस्था, राजविराज नगरपालिका वडा नं. १३ र १५, भारदह अस्पताल र बरमझिया स्वास्थ्य संस्थालाई ब्यक्तिगत सुरक्षा उपकरण, साबुन र मास्कवितरण गरिएको अस्पतालका मनोज कुमार झाले जानकारी दिए ।
कार्यक्रममा भारदह अस्पतालका डा. अनिलकुमार रजकले ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगाउने र फुकाल्ने तरिकाबारे जानकारी दिएका थिए ।
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
सारांश
- तृप्ती मेमोरियल नाक, कान तथा घाँटी अस्पताल तिलाठीद्वारा स्वास्थ्यकर्मीलाई शुक्रबार ब्यक्तिगत सुरक्षा उपकरण वितरण कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सो कुरा बताएका हुन् ।
- दिनानुदिन बढ्दै गएको कोरोना भाइरसको संक्रमणप्रति आमजनमानस सचेत हुनु आवश्यक रहेको बताए ।
- सो कार्यक्रमका अस्पतालका अध्यक्ष डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया