नवीनकुमार गुप्ता
राजविराज, २४ माघ ।
राजविराज नगरपालिका कार्यालय अगाडी रहेको नवनिर्मित शौचालय संचालनमा नआउँदै प्रयोगविहीन भएको छ । उचित स्थान र दुर्गामी सोचको अभावमा निर्माण गरिएको उक्त शौचालय अहिले नै फोहर मैलाले भरिएको छ ।
गत आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तमा प्रदेश सरकारको करिब २५ लाखको आर्थिक सहयोगबाट निर्माण भएको दुई वटा शौचालय संचालनमा नआउँदै प्रयोगविहीन अवस्थामा पुगेको हो ।
एउटा नगरपालिका कार्यालयको मूल गेट अगाडी रहेको भगवती पोखरी जाने मुख्यद्वार र अर्को राजरंगशाला परिसर भित्र गरि दुई वटा शौचालय निर्माण भएको हो । निर्माण भएको सात महिना बितिसक्दा पनि शौचालय संचालन हुन सकेको छैन् । तर, संचालनमा नआउँदै शौचालय दुर्घन्धित र विभिन्न सामाग्रीले पुरिएको छ ।
शौच गर्ने ठाउँमा पानीको व्यवस्था समेत छैन् भने शौच गर्ने प्यानमा प्लास्टिकको बोतल, ढुंगा, इट लगायतका सामाग्रिले पुरिएको छ । यति मात्र नभएर प्यान माथि नै शौच गरिएको र शौचालय बाहिर दिसा, पिसाबगरि फोहर गरिएको छ । बनाइएको सेफ्टी ट्यााङ्कको पनि उचित व्यवस्थापन गरिएको छ ।
शौचालयको ढोका समेत टुट्ने अवस्थामा पुगेको छ भने शौचालय अहिले फोहर फ्याल्ने स्थान बनेको छ । यस्तो जर्जर अवस्थामा शौचालय पुग्दा समेत नगरपालिकाले व्यवस्थापनका लागि कुनै पहल गरेको देखिन्न् ।
भगवती पोखरीको मुख्य प्रवेश द्वारको छेउमै निर्माण गरिएको शौचालय प्राथमिक विद्यालयको झ्याललाई थुनेर निर्माण गरिएको हो । सोही शौचालय भन्दा ५० मिटर उत्तरतर्फ एउटा निजि विद्यालय पनि छ । उक्त विद्यालयका विद्यार्थीहरु विद्यालय जाँदा शौचालयबाट निस्किने दुर्गन्धले नाक, मुख थुनेर जाने गर्छन् भने सरकारी विद्यालयका विद्यार्थीहरु बाँकी रहेका झ्याल थुनेर पढ्न बाध्य छन् । हचुवाको तालमा निर्माण गरिएको उक्त शौचालय लथालिङ बनेको स्थानियहरु बताउछन् ।
यस्तै रंगशालामा परिसरमा निर्माण गरिएको शौचालयको अवस्था पनि यस्तै छ । यी दुबै शौचालय निर्माण त गरियो तर, उचित संरक्षण गर्न नसकिएकोले लगानी खेर जाने सम्भावना समेत बढेको छ ।
यता नगरपालिका श्रोतले दुबै स्थानमा निर्माण गरिएको शौचालय निर्माणाधिन अवस्थामै रहेको यसलाई चालु आ.ब.मा सम्पन्न गरिने जनाएको छ ।
सहरको मुख्य चौकमा एउटा पनि सार्वजनिक शौचालयको व्यवस्था नगरेका कारण मानिसहरु जथाभावी खाली र पायक पर्ने ठाउँमा शौच र पिसाब गर्ने गरेका छन् । जसले गर्दा सहर दुर्गन्धित बन्दै गएको छ ।
बि.स. २०७४ साल चैत १४ गते राजविराज नगरपालिका तथा सप्तरी जिल्लालाई नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिसकेको छ । यसरी खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको जिल्ला र नगरमा जताभावी फोहर र खुल्ला स्थानमा दिसा पिसाब गरिने देखिनुले सरकारी नीतिको अवहेल्ना र रकमको दुरुपयोग समेत भएको देखिन्छ ।
संचालनमा नआउँदै शौचालय प्रयोगविहीन
सारांश
- गत आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तमा प्रदेश सरकारको करिब २५ लाखको आर्थिक सहयोगबाट निर्माण भएको दुई वटा शौचालय संचालनमा नआउँदै प्रयोगविहीन अवस्थामा पुगेको हो ।
- एउटा नगरपालिका कार्यालयको मूल गेट अगाडी रहेको भगवती पोखरी जाने मुख्यद्वार र अर्को राजरंगशाला परिसर भित्र गरि दुई वटा शौचालय निर्माण भएको हो ।
- निर्माण भएको सात महिना बितिसक्दा पनि शौचालय संचालन हुन सकेको छैन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया