दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
मैथिली साहित्य परिषद् सप्तरीले शनिवार संस्थाका पूर्व अध्यक्ष शुभचन्द्र झाको निधनमा शोकसभा गरेको छ ।
राजविराजस्थित मैथिली भवनमा आयोजित शोक सभामा वक्ताहरुले स्व. झाले मैथिली भाषा संस्कृति संरक्षणमा गरेको योगदान वारे चर्चा गरेका छन् ।
परिषद्का पूर्व अध्यक्ष विष्णु मंडलले दिवंगत झालाई एक कुशल व्यवस्थापक र संगठनकर्ताको रुपमा चित्रण गरेका छन् ।
यस्तै अर्का पुर्वध्यक्ष देवन्द्र मिश्रले मिथिला साप्ताहिक पत्रिकाको नियमित प्रकाशनमा झाले खेलेको भूमिका वारे चर्चा गरे ।
निवर्तमान अध्यक्ष सतिश कुमार दत्तले झाको निधनवाट मैथिली साहित्य परिषद् मात्रै नभई समग्र मिथिला क्षेत्रमा अपूर्णिय क्षति भएको वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, परिषद्का पूर्व अध्यक्ष विवेकानन्द मिश्र, पूर्व सचिव अजय कुमार झा, प्रेस मन्च सप्तरीका अध्यक्ष भूषण सिंह सहितकाले दिवंगत झाप्रति श्रद्धाञ्जली अर्पण गर्दे उनको योगदान वारे चर्चा गरेका थिए ।
यसैविच शोक सभामा समापन मन्तव्य राख्दै मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष अवधेश कुमार झाले दिवंगत झाको स्मृतिमा एक लाखको पुरस्कार कोष स्थापना गर्ने उद्घोष गरे ।
उनले शुभचन्द्र झा स्मृति मैथिली भाषा कला संस्कृति क्षेत्रमा काम गर्ने एक जना व्यक्तिलाई प्रत्येक वर्ष ११ हजार नगदबाट पुरस्कृत गरिने जानकारी दिए ।
मैसापका पूर्व अध्यक्ष झाको निधनमा शोकसभा
सारांश
- राजविराजस्थित मैथिली भवनमा आयोजित शोक सभामा वक्ताहरुले स्व.
- झाले मैथिली भाषा संस्कृति संरक्षणमा गरेको योगदान वारे चर्चा गरेका छन् ।
- परिषद्का पूर्व अध्यक्ष विष्णु मंडलले दिवंगत झालाई एक कुशल व्यवस्थापक र संगठनकर्ताको रुपमा चित्रण गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया