दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जिल्लामा देखिएको समस्या र तीनको समाधान बारे स्थानिय संचारकर्मी, राजनीतिकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग सोमबार छलफल गरेका छन् ।
प्रजिअ निवासमा आयोजित छलफल कार्यक्रममा जिल्लाका सरोकारवालासँग जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल गरिएको छ ।
शान्ति सुरक्षा, विकास निर्माण, बाढी, कार्यालयहरुबाट छिटो छरितो सेवा प्रवाह लगायतका विषय समेटिएर गरिएको छलफलबाट प्राप्त सुझावलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने सो अवसरमा प्रजिअ पोखरेलले प्रतिबद्धता जनाए ।
समाचारलाई सूचनाको रुपमा समेत लिने बताएका उनले त्यस उपर पनि आवश्यक कदम चालिने जनाए । चुनौती धेरै रहेपनि यसको ब्यवस्थापनका लागि उठाइने कदममा उनले सरोकारवालाको सहयोग पनि मागेका छन् ।
सबै नागरिकसँग एकैपटक साक्षात्कार हुने नसकेपनि सामाजिक अगुवा, संचारकर्मी, राजनीतिककर्मीसँग भेटघाट गरि स्थानिय प्रशासन र जनताबीचको बास्तविक सम्बन्ध मजबुत बनाउने प्रयास स्वरुप भेटघाट र छलफल कार्यक्रम गरिएको उनले बताए ।
छलफलमा सहभागिहरुले जिल्लाका प्रमुख समस्या र तिनको समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायहरु बारे आ–आफ्नो सुझाव दिएका थिए ।
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल
सारांश
- प्रजिअ निवासमा आयोजित छलफल कार्यक्रममा जिल्लाका सरोकारवालासँग जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल गरिएको छ ।
- शान्ति सुरक्षा, विकास निर्माण, बाढी, कार्यालयहरुबाट छिटो छरितो सेवा प्रवाह लगायतका विषय समेटिएर गरिएको छलफलबाट प्राप्त सुझावलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने सो अवसरमा प्रजिअ पोखरेलले प्रतिबद्धता जनाए ।
- समाचारलाई सूचनाको रुपमा समेत लिने बताएका उनले त्यस उपर पनि आवश्यक कदम चालिने जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया