सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा

राजविराज राजविराज
|
सोमबार, चैत्र ४, २०७५
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  •     सिरहाको लहानमा आइतबारदेखी सुरु भएको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सोमबार अन्तिम दिन विभिन्न निर्णय गर्दै पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो ।
  •     बैठक सम्पन्न पश्चात् राउतको फेसबुक मार्फत सार्वजनिक भएको विज्ञप्तिमा डा.
  • राउतकै संयोजकत्वमा ३५ सदस्यीय जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको उल्लेख छ ।

दैनिक समाचारदाता
सिरहा, ४ चैत । 
    सरकारसँग ११ बुँदे सहमति पश्चात् राष्ट्रिय अखण्डता स्वीकार गरेका डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले अन्तत् नेपालको संविधान भित्रै रहेर पार्टी स्थापना गर्ने निर्णय गरेको छ । 
    सिरहाको लहानमा आइतबारदेखी सुरु भएको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सोमबार अन्तिम दिन विभिन्न निर्णय गर्दै पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो ।
    बैठक सम्पन्न पश्चात् राउतको फेसबुक मार्फत सार्वजनिक भएको विज्ञप्तिमा डा. राउतकै संयोजकत्वमा ३५ सदस्यीय जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको उल्लेख छ । 
    बैठकबाट सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भन्दै जनताको हक र अधिकारका लागि संघर्ष गर्न नेपालको संविधानभित्रै रहेर पार्टी स्थापना गरि अगाडी बढ्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 
    यस्तै पार्टीको केन्द्रीय समितिका सदस्यहरुमा सप्तरीका सुरेन्द्र शर्मा र वविता इसर, सिरहाका राजकुमार यादव र सतिला यादव, धनुषाका इन्द्रजीत यादव रहेका छन् । 
    त्यस्तै महोत्तरीका कैलाश महतो, संजय यादव र चन्दन सिंह, सर्लाहीका नरेश कुसवाहा, रौतहटका बिरेन्द्र साह, पर्साका सञ्जय साह र बाराका दिनेश यादव रहेका छन् । 
    यसैगरि नवलपरासीका ध्रुब गौड र दुर्गा चौहान, रुपन्देहीका भोपेन्द्र यादव, कपिवस्तुका हरिकुला खान, दाङ्गका राधा यादव, बाँकेका इरफान अहम शेख, कैलालीका महेन्द्रप्रसाद चौधरी र बर्दियाका अब्दुल खान रहेका छन् । 
    सो समितिको मोरङ्गका परमेश्वर मुर्मु, सुनसरीका सीताराम पण्डित र आशा मेहता, झापाकी कौशिला महतो केन्द्रीय सदस्य बनेका छन् ।
    केन्द्रिय सदस्य अब्दुल खानद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाँकी रहेका १० जना केन्द्रिय सदस्यहरुमा महिला, दलित, जनजाती, अल्पसंख्यकसहितको प्रतिनिधित्व हुने गरि मनोनित गर्न सर्वसम्मतिले पार्टीका अध्यक्षलाई जिम्मेवारी दिइएको उल्लेख छ । 
    सम्पन्न बैठकले परिवर्तित पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचमासेतो स्ट्रीपमा रातो रंगको अष्टदल राखिने तथा पार्टीको चुनाव चिन्ह पनि अष्टदल नै राखिने निर्णय गरेको छ । 
    जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनतासमक्ष जाने र जनमतबाटै संवैधानिकै रुपमा जनताको समस्या, माग, हकहित र अधिकारका लागि अनवरत समर्पित र निःस्वार्थ भावले संघर्ष गर्ने प्रतिवद्धता बैठकले गरेको छ ।
    सोही बैठकबाट स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अबिलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णय गर्दै चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन समिति बनाइएको सो पार्टीले जनाएको छ ।
    त्यस्तै प्रहरी हिरासतमा मारिएका बाँकेका जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमतिअनुसार क्षतिपूर्ती तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउन पहल गर्न समितिलाई नै जिम्मेबारी दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
नेपाल सहकारीको साधारण सभा सम्पन्न
नेपाल सहकारीको साधारण सभा सम्पन्न
राजविराजमा राजावादीको प्रर्दशन
राजविराजमा राजावादीको प्रर्दशन
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
फजुल खर्च बचाएर सबलद्वारा प्रहरीलाई ज्याकेट प्रदान
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित