दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
३० पटक हेरिएको
Shares
दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी

सारांश

  •     तिलाठी कोईलाडी गाउँपालिका निवासी सेवानिवृत न्यायधिश एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा उनका धर्मपत्नी संविधानसभा सदस्य रञ्जु ठाकुरको व्यक्तिगत लगानीमा भगवान हनुनमानको दिब्य प्रतिमा स्थापित गर्न लागिएको हो ।
  •       डेढ फिट उचाई र १ फिट चौडाई भएको भगवान हनुमानको पत्थरको मुर्ती स्थापनाका अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी महोत्वसका रुपमा मनाउने तयारी भएको दुःख मोचन आश्रम समितिले जनाएको छ ।
  •       मिहिर ठाकुरका वुआ दुःख मोचन र आमा प्रेमलताले ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि छोरा मिहिर र बुहारी रञ्जुको प्रयासमा सरकारबाट आवश्यक सहयोग जुटाई समाजिक क्षेत्रमा क्रियाशिल विदेह फाउण्डेशन नामक संस्था मार्फत सुविधा सम्पन्न बृद्धा आश्रम र मन्दिर भवन निर्माण गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित दुःख मोचन आश्रम परिसरमा नवनिर्मित मन्दिर भवनमा आगामी चैत्र १३ गते महाविर बजरंगवली हुनमानजीको दिब्य प्रतिमा स्थापना गरिने भएको छ । 
    तिलाठी कोईलाडी गाउँपालिका निवासी सेवानिवृत न्यायधिश एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा उनका धर्मपत्नी संविधानसभा सदस्य रञ्जु ठाकुरको व्यक्तिगत लगानीमा भगवान हनुनमानको दिब्य प्रतिमा स्थापित गर्न लागिएको हो । 
    डेढ फिट उचाई र १ फिट चौडाई भएको भगवान हनुमानको पत्थरको मुर्ती स्थापनाका अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी महोत्वसका रुपमा मनाउने तयारी भएको दुःख मोचन आश्रम समितिले जनाएको छ । 
    मिहिर ठाकुरका वुआ दुःख मोचन र आमा प्रेमलताले ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि छोरा मिहिर र बुहारी रञ्जुको प्रयासमा सरकारबाट आवश्यक सहयोग जुटाई समाजिक क्षेत्रमा क्रियाशिल विदेह फाउण्डेशन नामक संस्था मार्फत सुविधा सम्पन्न बृद्धा आश्रम र मन्दिर भवन निर्माण गरिएको थियो । 
    स्वः आमा बुआको स्मृतीमा गरिब असहाय तथा बेसहारा रहेका बृद्ध–बृद्धालाई सहारा दिने सोचका साथ बनाइएको आश्रममा मन्दिर भवन समेत निर्माण गरिएको थियो । सोही भवनमा रामनवमीका दिन भव्य धार्मिक आयोजना गरी काठमाडौंबाट ल्याइएको भगवान हुनमानको दिव्य प्रतिमा स्थापना गर्न लागिएको दाता परिवारका सदस्य मिहिर ठाकुरले जानकारी दिए ।
    विश्व शन्ति, हिन्दुधर्मको संरक्षण, प्रचारप्रसार र मानव कल्याणको कामना समेतका साथ हुन लागेको धार्मिक समारोहमा नेपाल र मित्र राष्ट्र भारतका साधु सन्त र सनातन हिन्दु धर्मका अनुयायीहरुको उल्लेख्य सहभागिता रहने ठाकुरका धर्म पत्नी रञ्जुले सुनाईन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
युटुवर बिक्कि सिंह पक्राउ
युटुवर बिक्कि सिंह पक्राउ
नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित 
नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित 
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
सहकारीको भूमिकालाई अझ उकास्न आवश्यक
सहकारीको भूमिकालाई अझ उकास्न आवश्यक
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
शौचालय सेफ्टी टयांकीको फोहर पानी बाहिर बग्दा अस्पताल क्षेत्र दुर्गन्धित 
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु