दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता आइतबारदेखी प्रारम्भ भएको छ ।
छिन्नमस्ता स्पोर्ट्स क्लब छिन्नमस्ता १ बरही बिरपुरको आयोजना तथा छिन्नमस्ता गाउँपालिकाको सहयोगमा “स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय स्तरको क्रीकेट मैदान” भन्ने मुल नाराका साथ बरही थान पोखरी क्रिकेट मैदानमा सो प्रतियोगिता प्रारम्भ भएको हो ।
आइतबार सम्पन्न उद्घाटन खेलमा छिन्नमस्ता वडा नं. १ बिजयी भएको छ । पहिलो ब्याटिङ गर्न ओर्लेको वडा न.. १ ले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय १९ रनको योगफल तयार गरेको थियो । जसमा रमेश यादव ७०, छत्र नारायण राय ४४ र राजेश यादवले ४० रनको योगदान गरेका थिए ।
त्यसै गरि बलिङतर्फ छिन्नमस्ता वडा नं. ५ का सन्जय मेहता र अभिजित मेहताले समान २÷२ विकेट तथा देबानन्द साह, नारायण मेहता र अंकित मिश्रले १÷१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गर्न ओर्लेको छिन्नमस्ता वडा नं. ५ ले १३.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रन मात्र बनाउन सफल भएको थियो । नारायण मेहताले १४, सन्जय मेहता ११ बाहेक अरु कसैले पनि दोहोरो अंक जोड्न सफल भएनन् ।
यता बलिङतर्फ छ्त्र नारायण राय, रबेन यादव, सन्तोष यादवले २÷२ विकेट र सरि यादव, सन्जीब यादवले १÷१ विकेट लिएका थिए ।
यसअघि प्रतियोगिताको छिन्नमस्ता गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष राय र छिन्नमस्ता वडा नं. १ का अध्यक्ष बिनोद कुमार यादवले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
छिन्नमस्ता स्पोर्ट्स क्लबका संरक्षक तिर्थ नारायण रायको अध्यक्षतामा सम्पन्न कायक्रममा वडा नं. १ का सदस्य रन्जित साह, समाजसेवी ललन प्रसाद यादव, वडा नं. १ का अध्यक्ष बिनोद कुमार यादवले स्वागत मन्तव्य दिएका थिए भने संचालन छिन्नमस्ता स्पोर्ट्स क्लबका अध्यक्ष रवी रायले गरेका थिए ।
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
सारांश
- छिन्नमस्ता स्पोर्ट्स क्लब छिन्नमस्ता १ बरही बिरपुरको आयोजना तथा छिन्नमस्ता गाउँपालिकाको सहयोगमा “स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय स्तरको क्रीकेट मैदान” भन्ने मुल नाराका साथ बरही थान पोखरी क्रिकेट मैदानमा सो प्रतियोगिता प्रारम्भ भएको हो ।
- आइतबार सम्पन्न उद्घाटन खेलमा छिन्नमस्ता वडा नं.
- १ बिजयी भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया