दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
जनता समाजवादी पार्टी सप्तरीले अनुशासन उलंघन, पार्टी प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको ठहर गर्दै दुई जना नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्वन गर्ने तथा अन्य दुई जनालाई केन्द्रिय कार्यकारणी समिति तथा प्रदेश नं. २ समितिमा आवश्यक कारवाहीका लागि सिफारिसको निर्णय गरेको छ ।
सो पार्टीका जिल्ला अध्यक्षद्वय केदार प्रसाद यादव र हरेराम यादवद्वारा बिहीबार जारि संयुक्त प्रेस विज्ञप्ति मार्फत सो बारे जानकारी गराइएको हो ।
विज्ञप्तिमा गत असोज ३ गते पार्टीको केन्द्रिय निर्देशन अनुरुप राजविराजमा भएको बिरोध सभा संचालन गरिरहेका बेला पार्टीका नेता चितरन्जन यादवलाई गाली गलौज र हातपात जस्ता अभद्र व्यवहारले पार्टी अनुशासनको गम्भिर उलंघन गरेको ठहर गर्दै राजविराज नगर कमिटिका अध्यक्ष भिमराज यादव र जिल्ला सदस्य लक्ष्मण यादवलाई ६ महिनाका लागि पार्टीको सो पदबाट निलम्वन गरेको जनाइएको छ ।
यस्तै केन्द्रिय सदस्य समेत रहेका भिमराज यादव र अशोक यादवको हकमा भने आवश्यक कारवाहीका लागि केन्द्रिय कार्यकारणी समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिका सदस्य सत्यनारायण यादवलाई मधेश प्रदेश समिति प्रदेश नं. २ मा आवश्यक कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
तत्कालिन समाजवादी पार्टी जिल्ला समितिका पदाधिकारी तथा पूर्व राष्ट्रिय जनता पार्टी जिल्ला अध्यक्ष मण्डलको बुधबार सम्पन्न संयुक्त बैठकले सो निर्णय गरेको दुबै अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
जसपाले चार नेतालाई अनुशासनको कारवाही गर्ने
सारांश
- सो पार्टीका जिल्ला अध्यक्षद्वय केदार प्रसाद यादव र हरेराम यादवद्वारा बिहीबार जारि संयुक्त प्रेस विज्ञप्ति मार्फत सो बारे जानकारी गराइएको हो ।
- विज्ञप्तिमा गत असोज ३ गते पार्टीको केन्द्रिय निर्देशन अनुरुप राजविराजमा भएको बिरोध सभा संचालन गरिरहेका बेला पार्टीका नेता चितरन्जन यादवलाई गाली गलौज र हातपात जस्ता अभद्र व्यवहारले पार्टी अनुशासनको गम्भिर उलंघन गरेको ठहर गर्दै राजविराज नगर कमिटिका अध्यक्ष भिमराज यादव र जिल्ला सदस्य लक्ष्मण यादवलाई ६ महिनाका लागि पार्टीको सो पदबाट निलम्वन गरेको जनाइएको छ ।
- यस्तै केन्द्रिय सदस्य समेत रहेका भिमराज यादव र अशोक यादवको हकमा भने आवश्यक कारवाहीका लागि केन्द्रिय कार्यकारणी समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिका सदस्य सत्यनारायण यादवलाई मधेश प्रदेश समिति प्रदेश नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया