दैनिक समाचारदाता
जनकपुरधाम, २२ साउन ।
मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै आइतबार सात दिने अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाईएको छ ।
मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने क्रममा गृह तथा सञ्चार मन्त्री साहले आफुहरुले पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएकोमा हालसम्म बेवास्ता गर्दै आएकोले बाध्य भएर अल्टिमेटमसहितको ध्यानाकर्षण–पत्र बुझाएको बताएका छन् । उनले अब पनि मधेश सरकारको माग सम्बोधन नभए शान्तिपुर्ण र अहिंसात्मक विरोधका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिए ।
नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसुची ६ को क्रम संख्या १ मा प्रहरी शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूची भित्र रहेको भनी ध्यानाकर्षण पत्रमार्फत स्मरण गराईएको छ ।
ध्यानाकर्षण पत्रमा ‘संघीय संसदबाट प्रहरी कर्मचारी समायोजन ऐन २०७६ पारित समेत भईसकेको र प्रदेशसभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी ऐन २०७६ माघ २८ गते नै प्रमाणिकरण भई कार्यान्वयनमा आईसकेको सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ ।’ उल्लेख छ ।
सो अवसरमा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेकपा (एस) संसदीय दलका नेता तथा उद्योग, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव, वन, पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतो, खानेपानी तथा उर्जा विकास मन्त्री विजय यादव, गृह तथा राज्यमन्त्री रुबी कुमारी कर्णसहित प्रदेश सभा सदस्यहरु समेतको टोलीको उपस्थिति रहेको थियो ।
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
सारांश
- मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
- प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने क्रममा गृह तथा सञ्चार मन्त्री साहले आफुहरुले पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएकोमा हालसम्म बेवास्ता गर्दै आएकोले बाध्य भएर अल्टिमेटमसहितको ध्यानाकर्षण–पत्र बुझाएको बताएका छन् ।
- उनले अब पनि मधेश सरकारको माग सम्बोधन नभए शान्तिपुर्ण र अहिंसात्मक विरोधका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया