दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
बर्षाका बेला खाडो नदीमा आउने बाढी र त्यसबाट हुने क्षतिलाई न्युनिकरणका लागि सप्तरीको रुपनी गाउँपालिकामा ७ सय ७० मिटर लामो बाँध निर्माण गरिएको छ ।
गाउँपालिका अध्यक्ष हरेराम यादवले प्रत्येक वर्ष खाडो नदीका कारण त्यस आसपासका ३ सय घरपरिवार प्रभावित हुने भएकाले उनीहरुलाई बाढीबाट जोगाउन गरेको प्रयास अनुरुप सो बाँध निर्माण गरेको जानकारी दिएका छन् ।
बाढीबाट प्रत्येक बर्ष हुदै आएको जनधनको क्षति कम गर्न बाँध निर्माण तथा स्तरीयकरणका लागी राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले अनुदान वापत आवश्यक रकम उपलब्ध गराएपछि ७ सय ७० मिटर लामो बाँध निर्माण र स्तरियकरण कार्य सम्पन्न भएको बताए ।
गत जेठ ५ देखी निर्माण कार्यलाई तिब्रता प्रदान गरेकाले छोटो अवधिमै बाँध÷तटबन्ध निर्माण तथा स्तरियकरण कार्य सम्पन्न भएपछि गाउँपालिका कार्यालयद्वारा निर्माण स्थलमै आयोजना गरिएको ‘सार्वजनिकीकरण कार्यक्रम’ मा अध्यक्ष यादवले सो जानकारी दिए । उनले बाढीबाट जोगिन तथा घर जग्गा संरक्षित गर्ने उद्देश्यले ५ वटा प्याकेज र उपभोक्ता समिति मार्फत काम गराउँदा समयमै निर्माण कार्य सकिएको र यसमा कुल ४ करोड १५ लाख ३१ हजार ९ सय ५९ रुपैया खर्च भएको बताए ।
सो रकम मध्ये ८९ लाख ११ हजार ५ सय ८४ रुपैयाँमा पहिलो, ८८ लाख ८२ हजार ५ सय २० रुपैयाँमा दोश्रो, ८८ लाख ८२ हजार ५ सय २० रुपैयाँमै तेश्रो प्याकेजको निर्माण सकिएको जानकारी गराइएको छ ।
त्यस्तै ८८ लाख ८२ हजार ५ सय २० रुपैयाँमै चौथो र ८८ लाख ६० हजार ६६ रुपैयाँमा पाँचौ प्याकेजमा निर्माण कार्य सम्पन्न भएको बताए ।
त्यस्तै उनले प्रदेश २ सरकारको सामाजिक मन्त्रालयबाट प्राप्त १ करोड रुपैयाबाट ठाकोे देवी जोगेन्द्र भगत पूर्व क्षेत्रिय प्रहरी अस्पतालमा थप भवन निर्माण, बर्थिङ्ग सेन्टर र समुदायिक भवन लगायतका काम समेत सम्पन्न गरिएको जानकारी दिए ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अनुदानबाट गाउँपालिकाको जोखिममा रहेका बस्तीको नदी किनारमा बाँध तटबन्ध तथा स्तरियकरण कार्य सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मनोज कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव तथा संचारकर्मी सम्मिलित टोलीले स्थलगत अवलोकन समेत गरेको छ ।
बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण
सारांश
- गाउँपालिका अध्यक्ष हरेराम यादवले प्रत्येक वर्ष खाडो नदीका कारण त्यस आसपासका ३ सय घरपरिवार प्रभावित हुने भएकाले उनीहरुलाई बाढीबाट जोगाउन गरेको प्रयास अनुरुप सो बाँध निर्माण गरेको जानकारी दिएका छन् ।
- बाढीबाट प्रत्येक बर्ष हुदै आएको जनधनको क्षति कम गर्न बाँध निर्माण तथा स्तरीयकरणका लागी राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले अनुदान वापत आवश्यक रकम उपलब्ध गराएपछि ७ सय ७० मिटर लामो बाँध निर्माण र स्तरियकरण कार्य सम्पन्न भएको बताए ।
- गत जेठ ५ देखी निर्माण कार्यलाई तिब्रता प्रदान गरेकाले छोटो अवधिमै बाँध÷तटबन्ध निर्माण तथा स्तरियकरण कार्य सम्पन्न भएपछि गाउँपालिका कार्यालयद्वारा निर्माण स्थलमै आयोजना गरिएको ‘सार्वजनिकीकरण कार्यक्रम’ मा अध्यक्ष यादवले सो जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया