दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
बालवालिकालाई कुलतवाट जोगाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरेर अगाडी बढ्नु पर्नेमा जोड दिइएको छ ।
सोमवार राजबिराजमा आयोजित राजबिराज नगरस्तरिय बालभेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् । सहभागिहरुले कुलतमा लागेको बालवालिकालाई बाल क्लवहरूले बिधालयमा सचेतनामूलक कार्यक्रम गर्नु पर्ने सुझाव समेत दिए ।
भेलामा नगरस्तरिय बाल संजालका अध्यक्ष विशाल यादबले बालवालिकाको हकअधिकार सँगै उनीहरुलाई बाल श्रमवाट मुक्त गर्न बिकास, संरक्षण सहभागिताको ग्यारेन्टी हुनुपर्ने बताए ।
बालवालिकाहरूको भेलामा वडाहरूमा बाल क्लव गठन÷पुर्नगठन गर्ने, बालविवाह न्युनिकरण गर्न जनचेतनामूलक कार्यक्रम गर्ने, बाल श्रम न्युनिकरण गर्ने, बिधालयहरूमा बालमैत्री शौचालय निर्माण गर्न, योजना छनोटमा बालवालिकाको सहभागिता जस्ता समस्याहरूलाई सक्रियतापुर्वक बालअधिकार सवालमा बाल क्लवहरूले पैरबी र बकालत गर्ने उनले बताए ।
अन्तराष्ट्रिय बालअधिकार महासन्धीले पारित गरेको अधिकार अनुसार बालवालिकाको बचाउ, बाल संरक्षण, बालबिकास तथा बाल सहभागिता सम्बन्धमा बृहतरूपमा प्रशिक्षण दिएको सबल नेपालका कार्यक्रम संयोजक निरबहादर आले बताए ।
उक्त भेलामा राजबिराज नगरपालिका अन्तर्गतका १६ वटै वडावाट ४५ जना बालवालिकाको सहभागिता रहेको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तथा शाखा अधिकृत अनिता चौधरीले जानकारी दिईन ।
उक्त नगरस्तरिय बाल भेला तथा अन्तरक्रिया कार्यक्रममा राजबिराज नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत निरन्जन यादब, कार्यपालिका सदस्य मन्जु खडका, रेखा मण्डल, सोनी रजक, सामाजिक बिकास अधिकृत अनिता चौधरी, पत्रकार चन्दनकुमार यादब लगायतले मन्तब्य राखेका थिए ।
राजबिराज नगरपालिका महिला बालवालिका जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग र नगरस्तरिय बाल संजालको आयोजनामा तथा सेभ द चिल्ड्रेन, स्वेडेन सेवरेग, सबल नेपाल, जिल्ला बाल क्लव संजालको सहयोग र सहकार्यमा बाल भेलाको आयोजना गरिएको थियो ।
बालवालिकालाई कुलतवाट जोगाउन विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
सारांश
- सोमवार राजबिराजमा आयोजित राजबिराज नगरस्तरिय बालभेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
- सहभागिहरुले कुलतमा लागेको बालवालिकालाई बाल क्लवहरूले बिधालयमा सचेतनामूलक कार्यक्रम गर्नु पर्ने सुझाव समेत दिए ।
- भेलामा नगरस्तरिय बाल संजालका अध्यक्ष विशाल यादबले बालवालिकाको हकअधिकार सँगै उनीहरुलाई बाल श्रमवाट मुक्त गर्न बिकास, संरक्षण सहभागिताको ग्यारेन्टी हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया