सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा

राजविराज राजविराज
|
शुक्रबार, जेठ ८, २०८३
|
|
७९ पटक हेरिएको
Shares
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा

सारांश

  •     “वालमैत्री स्थानीय शासन पद्धति र व्यवहार, समृद्ध सुरूगांको आधार” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख गिता चौधरीले बाल मैत्री वडा घोषणा पत्र २०८३ वाचन गर्दै बालमैत्री स्थानीय शासन वडा घोषणा गरेकी हुन् ।
  •       बालमैत्री स्थानीय शासन वडा समिति सुरुङ्गा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं.
  • २ ले सरकारले तोकेका सबै आवश्यक सूचक पूरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको जानकारी वडा कार्यालयले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 

    सप्तरीको सुरूङ्गा नगरपालिका वडा नं. २ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच उक्त वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो । 
    “वालमैत्री स्थानीय शासन पद्धति र व्यवहार, समृद्ध सुरूगांको आधार” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख गिता चौधरीले बाल मैत्री वडा घोषणा पत्र २०८३ वाचन गर्दै बालमैत्री स्थानीय शासन वडा घोषणा गरेकी हुन् । 
    बालमैत्री स्थानीय शासन वडा समिति सुरुङ्गा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. २ ले सरकारले तोकेका सबै आवश्यक सूचक पूरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको जानकारी वडा कार्यालयले जनाएको छ । 
    घोषणा कार्यक्रममा उपनगरप्रमुख रूद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत बिकास सुन्दास, वडा नं. ४ का वडा अध्यक्ष देवेन्द्र चौधरी, वडा नं. ७ का वडा अध्यक्ष शिवनारायण चौधरी, हिरा चौधरी, फुलकुमारी राम, वडा नं. २ का सदस्य दुर्गा चौधरी, सेभद चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक मकर बहादुर सार्की, सबल नेपालका उपाध्यक्ष भुपेश साह, कार्यक्रम संयोजक रोशन मण्डल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा बाल कल्याण अधिकारी रिंकु कुमारी यादव लगायतको उपस्थिति रहेको थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
जनताको चाहना अनुसार कामकाज गर्न  कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
जनताको चाहना अनुसार कामकाज गर्न  कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
एक रुँपैया पनि भ्रष्टाचार नगर्ने मन्त्रि समिमको प्रतिबद्धता
एक रुँपैया पनि भ्रष्टाचार नगर्ने मन्त्रि समिमको प्रतिबद्धता
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार