चन्दनकुमार यादव
राजविराज, २२ फागुन ।
राजबिराज नगरपालिकामा पहिलो पटक चिल्ड्रेन पार्क (बाल उधान) निर्माण हुने भएको छ ।
राजबिराज वडा नं. १ स्थित पडरियामा बिहीबार एक कार्यक्रमबीच राजबिराज नगरपालिका प्रमुख शमभु प्रसाद यादब, उपप्रमुख साधना झा र वडा अध्यक्ष चन्द्रशेखर चौधरीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन ।
संघिय सरकारको ९ करोडको लागतमा निर्माण हुन लागेको चिल्ड्रेन पार्क पडरियाको हुरियाहा फिल्डमा २६ कठ्ठा जग्गामा निर्माण हुन लागेको हो । पर्खालसहित निर्माण हुने बाल उधानमा बगैचा, बिभिन्न खेलकुदका सामाग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायिक कुर्सी लगायत अन्य बिभिन्न सुबिधा उपलब्ध रहने राजविराज नगरपालिकाले जनाएको छ ।
एक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको सो बाल उधान निर्माण कार्यको ठेक्का पाएका रसुवारोशन जेबि कन्ट्रक्सनले बिहीवारदेखि काम सुरु गरिसकेको कम्पनीका प्रतिनिधि मनोज कुमार यादवले जानकारी दिएका छन् ।
बालबालिकाहरुका लागि नगरपालिका क्षेत्रमा यस्तो पार्कको ब्यवस्था नरहेको कुरालाई ध्यानमा राख्दै पहिलो पटक यस्तो ब्यवस्था गर्न लागिएको नगरप्रमुख यादवको भनाई छ ।
नौं करोडको लागतमा चिल्ड्रेन पार्कको निर्माण हुदै
सारांश
- राजबिराज वडा नं.
- १ स्थित पडरियामा बिहीबार एक कार्यक्रमबीच राजबिराज नगरपालिका प्रमुख शमभु प्रसाद यादब, उपप्रमुख साधना झा र वडा अध्यक्ष चन्द्रशेखर चौधरीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन ।
- संघिय सरकारको ९ करोडको लागतमा निर्माण हुन लागेको चिल्ड्रेन पार्क पडरियाको हुरियाहा फिल्डमा २६ कठ्ठा जग्गामा निर्माण हुन लागेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया