नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु

राजविराज राजविराज
|
आइतबार, भाद्र १६, २०८१
|
|
२३ पटक हेरिएको
Shares
नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु

सारांश

  •     प्रहरीका अनुसार कंचनरुप नगरपालिका ६ स्थित चन्द्र नहरमा डुबेर आइतबार बिहान सप्तकोशी नगरपालिका ११ का ५५ वर्षिय कर्ण बहादुर तामाङको मृत्यु भएको छ ।
  •       यस्तै खडक नगरपालिका २ सिस्वा बेल्ही टोलका २९ वर्षिय कैलाश प्रसाद साह घर नजिकैको आँप बगैचामा घाँटीमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
  •      दुबैको शव आवश्यक प्रकृया पश्चात् पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।

    सप्तरीमा नहरमा डुबेर तथा घाँटीमा पासो लगाई रुखमा झुण्डिए दुई जनाको मृत्यु भएको छ । 
    प्रहरीका अनुसार कंचनरुप नगरपालिका ६ स्थित चन्द्र नहरमा डुबेर आइतबार बिहान सप्तकोशी नगरपालिका ११ का ५५ वर्षिय कर्ण बहादुर तामाङको मृत्यु भएको छ । 
    यस्तै खडक नगरपालिका २ सिस्वा बेल्ही टोलका २९ वर्षिय कैलाश प्रसाद साह घर नजिकैको आँप बगैचामा घाँटीमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।     दुबैको शव आवश्यक प्रकृया पश्चात् पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ