“अध्यक्ष यादवको कार्यकक्ष प्रवेशद्वार मै ठूलठूला अक्षरमा भ्रष्टाचार बिरोधी नाराहरु लेखिएको छ । “म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न् ।” तर, उनै अध्यक्ष यादव अहिले भ्रष्टाचारको प्रकरणमा मुछिएका छन् ।”
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उनलाई तीन दिन अघि आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।
अध्यक्ष यादवलाई घुस सम्बन्धि विषयमा आयोगले सोधपुछ र अनुसन्धानका लागि बुधबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिाएका छन् ।
आयोगले नियन्त्रणमा लिएपछि अचानक बिरामी परेका उनलाई आयोगको सुरक्षा निगरानीमा काठमाडौंस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको तथा निको भएपछि थप बयान र अनुसन्धानको काम अघि बढ्ने प्रवक्ता दाहालले जानकारी दिए ।
गत साउन ३१ गते पालिकाद्वारा जडान गराइएको सोलार बत्ति सम्बन्धी कार्यमा ठेकेदारलाई अन्तिम भुक्तानी दिने क्रममा २ लाख नगद र ३ लाख रुँपैयाको चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर बिरेन्द्र यादवलाई आयोगको क्षेत्रिय कार्यालय इटहरीबाट खटेको टोलीले राजविराजको गजेन्द्र चौकस्थित एक यात्रुबाहक बसको टिकट बुकिङ काउन्टरबाट पक्राउ गरेको थियो । सोही प्रकरणमा अध्यक्ष यादवको नाउँ पनि मुछिएकाले अनुसन्धानका लागि झिकाइएको आयोग श्रोतको भनाई छ ।
अनुन्धानका क्रममा उक्त घुस प्रकरणमा अध्यक्ष यादवको पनि संलग्नता पुष्टि भए कारवाहीमा पर्नेछन् । यद्दपी अनुसन्धान जारि नै रहेकाले यस बारे थप कुरा भन्न नमिल्ने आयोगका प्रवक्ता दाहालले जनाए ।
अध्यक्ष यादवको कार्यकक्ष प्रवेशद्वार मै ठूलठूला अक्षरमा भ्रष्टाचार बिरोधी नाराहरु लेखिएको छ । जस मध्ये एउटा नारा छ, “म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न् ।” तर, उनै अध्यक्ष यादव अहिले भ्रष्टाचारको प्रकरणमा मुछिएका छन् ।
यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा निलम्बित भइसकेका छन् । दुबै जना बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा कैद र जरिवानासहित विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् ।
राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेका छन् । शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताको मुद्दा भने सुनवाईकै क्रममा रहेको छ ।
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
सारांश
- सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
- उनलाई तीन दिन अघि आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।
- अध्यक्ष यादवलाई घुस सम्बन्धि विषयमा आयोगले सोधपुछ र अनुसन्धानका लागि बुधबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया