विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ८, २०८०
|
|
८७ पटक हेरिएको
Shares
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा

सारांश

  •     सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
  • उनलाई तीन दिन अघि आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।
  •     अध्यक्ष यादवलाई घुस सम्बन्धि विषयमा आयोगले सोधपुछ र अनुसन्धानका लागि बुधबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिाएका छन् ।

“अध्यक्ष यादवको कार्यकक्ष प्रवेशद्वार मै ठूलठूला अक्षरमा भ्रष्टाचार बिरोधी नाराहरु लेखिएको छ । “म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न् ।” तर, उनै अध्यक्ष यादव अहिले भ्रष्टाचारको प्रकरणमा मुछिएका छन् ।” 
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।

    सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उनलाई तीन दिन अघि आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।
    अध्यक्ष यादवलाई घुस सम्बन्धि विषयमा आयोगले सोधपुछ र अनुसन्धानका लागि बुधबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिाएका छन् । 
    आयोगले नियन्त्रणमा लिएपछि अचानक बिरामी परेका उनलाई आयोगको सुरक्षा निगरानीमा काठमाडौंस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको तथा निको भएपछि थप बयान र अनुसन्धानको काम अघि बढ्ने प्रवक्ता दाहालले जानकारी दिए । 
    गत साउन ३१ गते पालिकाद्वारा जडान गराइएको सोलार बत्ति सम्बन्धी कार्यमा ठेकेदारलाई अन्तिम भुक्तानी दिने क्रममा २ लाख नगद र ३ लाख रुँपैयाको चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर बिरेन्द्र यादवलाई आयोगको क्षेत्रिय कार्यालय इटहरीबाट खटेको टोलीले राजविराजको गजेन्द्र चौकस्थित एक यात्रुबाहक बसको टिकट बुकिङ काउन्टरबाट पक्राउ गरेको थियो । सोही प्रकरणमा अध्यक्ष यादवको नाउँ पनि मुछिएकाले अनुसन्धानका लागि झिकाइएको आयोग श्रोतको भनाई छ । 
    अनुन्धानका क्रममा उक्त घुस प्रकरणमा अध्यक्ष यादवको पनि संलग्नता पुष्टि भए कारवाहीमा पर्नेछन् । यद्दपी अनुसन्धान जारि नै रहेकाले यस बारे थप कुरा भन्न नमिल्ने आयोगका प्रवक्ता दाहालले जनाए ।
    अध्यक्ष यादवको कार्यकक्ष प्रवेशद्वार मै ठूलठूला अक्षरमा भ्रष्टाचार बिरोधी नाराहरु लेखिएको छ । जस मध्ये एउटा नारा छ, “म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न् ।” तर, उनै अध्यक्ष यादव अहिले भ्रष्टाचारको प्रकरणमा मुछिएका छन् । 
    यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा निलम्बित भइसकेका छन् । दुबै जना बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा कैद र जरिवानासहित विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । 
    राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेका छन् । शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताको मुद्दा भने सुनवाईकै क्रममा रहेको छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा 
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
करोडौं रकम खर्च गरिएको सडकमा वर्षाको पानी जम्दा पोखरीमा परिणत
करोडौं रकम खर्च गरिएको सडकमा वर्षाको पानी जम्दा पोखरीमा परिणत

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी