तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 

राजविराज राजविराज
|
सोमबार, मंसिर २२, २०७७
|
|
३८ पटक हेरिएको
Shares
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 

सारांश

  •     गाउँपालिकास्थित पालिकाको सभा हलमा सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सो बैठक सम्पन्न भएको हो ।
  •     बैठकमा तिलाठी कोईलाडी गाउँपालिकाले बालबालिका तथा किशोर कशोरीहरूका लागि पालिकाहरूले छुटयाएको बजेट सम्बन्धी विश्लेषण बारेमा छलफल गरिएको छ ।
  •     तिलाठी कोईलाडी गाउपालिकाले गत बर्ष र चालु आर्थिक बर्षमा बालवालिकाहरूका लागी कुन कुन क्षेत्रमा कस्तो प्रकारको बजेट छुटयाईएको छ कि छैन, बजेटमा समानता रूपमा भएको छ कि छैन, लैंगिक मैत्री छ कि छैन, बारेमा छलफल गरिएको किशोर किशोरी कार्यक्रम संयोजक कान्ति खडकाले बताईन ।

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सोमबार बाल बजेट बिश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न भएको छ ।
    गाउँपालिकास्थित पालिकाको सभा हलमा सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सो बैठक सम्पन्न भएको हो ।
    बैठकमा तिलाठी कोईलाडी गाउँपालिकाले बालबालिका तथा किशोर कशोरीहरूका लागि पालिकाहरूले छुटयाएको बजेट सम्बन्धी विश्लेषण बारेमा छलफल गरिएको छ ।
    तिलाठी कोईलाडी गाउपालिकाले गत बर्ष र चालु आर्थिक बर्षमा बालवालिकाहरूका लागी कुन कुन क्षेत्रमा कस्तो प्रकारको बजेट छुटयाईएको छ कि छैन, बजेटमा समानता रूपमा भएको छ कि छैन, लैंगिक मैत्री छ कि छैन, बारेमा छलफल गरिएको किशोर किशोरी कार्यक्रम संयोजक कान्ति खडकाले बताईन ।
    उनले पालिकाहरूले आउने दिनमा बालवालिका तथा किशोरकिशोरीहरूमा लगानी बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्दै आएको बताईन ।
    सोे विश्लेषण गोष्ठीमा तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले बालबालिका र किशोर किशोरीहरूको आवश्यकता र समानता मूलक बजेट छुटयाएर कार्यक्रम संचालन गर्दै आएको बताए ।
    उनले बालबालिका र किशोर किशोरीको स्वास्थ, शिक्षा, समाजिक क्षेत्रमा बजेट छुटयाएर कार्यक्रम संचालन गर्दै आएको बताए ।
    सो छलफलममा लेखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय सदस्यमा समाजिक बिकास शाखा, स्वास्थ, शिक्षा र सेभ द सप्तरीका प्रतिनिधि रहने गरी बजेट विश्लेषण समिति बनाएर एक हप्ता भित्र प्रतिवेदन तयार गर्ने उद्देश्य रहेको सेभ द सप्तरीका फिल्ड अफिसर ललिता मण्डलले बताईन ।
    उक्त गोष्ठीमा तिलाठी कोईलाडी गाउँपालिका उपाध्यक्ष सुचिता यादब, प्रमुख प्रशासकिय अधिकृत केशव झा, स्वास्थ शाखा प्रमुख शैलेश झा, सह लेखापाल लिलाराज श्रेष्ठ, बिपत ब्यबस्थापन कार्यक्रम अधिकृत राजेश झा, नासु किशोर कुमार झा, पत्रकार चन्दनकुमार यादब, सेभ द सप्तरीका फिल्ड सुपरभाईजर राजिव चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न
“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन  (निर्णयसहित)
“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन  (निर्णयसहित)
पूर्व अन्र्तराष्ट्रिय खेलाडी शिवाको निधन 
पूर्व अन्र्तराष्ट्रिय खेलाडी शिवाको निधन 
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
बातावरण दिवसमा बृक्षारोपन
बातावरण दिवसमा बृक्षारोपन
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन
प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन
जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो
जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?