सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 

राजविराज राजविराज
|
सोमबार, आषाढ ६, २०७९
|
|
४४ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 

सारांश

  •     नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीले राजविराजस्थित आफ्नै सभाकक्षमा १५ औं दिनको पुण्य तिथीको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी सम्झनामा उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेको हो ।
  •       गत जेठ २३ गते चौधरी सवार स्कुटरलाई ट्रकले ठक्कर दिदा उनको निधन भएको थियो ।
  • २०५७ सालमा रेडक्रसको सदस्य बनेका सुरुङ्गा नगरपालिका निवासी ५५ वर्षीय चौधरी आफनो कुशल ब्यवहारका कारण कोषाध्यक्ष हुदै उपसभापतीको जिम्मेवारीमा पुगेको रेडक्रस सोसाईटी शाखा सप्तरीका सभापती जोगेन्द्र भगतले बताए ।

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
    नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीका उपसभापती समेत रहेका स्व. रामनारायण चौधरीप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको छ । 
    नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीले राजविराजस्थित आफ्नै सभाकक्षमा १५ औं दिनको पुण्य तिथीको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी सम्झनामा उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेको हो । 
    गत जेठ २३ गते चौधरी सवार स्कुटरलाई ट्रकले ठक्कर दिदा उनको निधन भएको थियो । २०५७ सालमा रेडक्रसको सदस्य बनेका सुरुङ्गा नगरपालिका निवासी ५५ वर्षीय चौधरी आफनो कुशल ब्यवहारका कारण कोषाध्यक्ष हुदै उपसभापतीको जिम्मेवारीमा पुगेको रेडक्रस सोसाईटी शाखा सप्तरीका सभापती जोगेन्द्र भगतले बताए । 
    तत्कालिन दौलतपुर गाविसको दुई पटक अध्यक्ष समेत रहीसकेका चौधरीको निधनले रेडक्रसलाई अपुर्र्णीय क्षती पुगेको उनको भनाई थियो । 
    शाखाका अधिकृत ब्रहमदेव यादवद्वारा संचालित श्रद्धान्जली सभा कार्यक्रममा शाखाका उपमन्त्री नरेश यादव, कोषाध्यक्ष, चित्रनारायण यादव, राजविराज उपशाखाका सभापती बैद्यनाथ झा, जिल्ला सदस्य धर्म नारायण यादव, कजरा उपशाखाका अध्यक्ष देव नारायण गुप्ता, सुरुङ्गा उपशाखाका अध्यक्ष विन्देश्वर चौधरी, स्वयम सेवक अमिरकान्त चौधरी, समाजसेवी जगदिश अर्यालय लगायतले पनि रेडक्रसले निष्ठावान अभियन्ता गुमाएको भन्दै दुःख ब्यक्त गदै श्रद्धाञ्जली अपर्ण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ