प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन

राजविराज राजविराज
|
आइतबार, पौष ५, २०७७
|
|
६२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन

सारांश

  •     उनीहरुले उक्त कदमलाई असंबैधानिक भन्दै न्यायका लागि अदालत जानुका साथै सडक तताउने घोषणा समेत गरेका छन् ।
  •       राजविराजस्थित नेकपा जिल्ला पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुसमा प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गर्नुका साथै जनआन्दोलन चौकमा पुगेर उनको पुतला दहन गरेका हुन् ।
  •       बिरोध प्रदर्शन पश्चात् आयोजित सभालाई सम्बोधन गर्दै सहभागि वक्ताहरुले उक्त कदमलाई निरंकुशशैली र असंबैधानिक कदमको संज्ञा दिँदै यस बिरुद्ध आदालत जानुका साथै चरणबद्ध आन्दोलनका कार्यक्तमहरु सार्वजनिक गर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस र लगत्तै राष्ट्रिपतिद्वारा गरिएको अनुमोदनको बिरोधमा सत्ताधारी दलकै नेता तथा कार्यकर्ताहरुले आइतबार राजविराजमा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीको पुतला दहन गरेका छन् ।
    उनीहरुले उक्त कदमलाई असंबैधानिक भन्दै न्यायका लागि अदालत जानुका साथै सडक तताउने घोषणा समेत गरेका छन् । 
    राजविराजस्थित नेकपा जिल्ला पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुसमा प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गर्नुका साथै जनआन्दोलन चौकमा पुगेर उनको पुतला दहन गरेका हुन् । 


    बिरोध प्रदर्शन पश्चात् आयोजित सभालाई सम्बोधन गर्दै सहभागि वक्ताहरुले उक्त कदमलाई निरंकुशशैली र असंबैधानिक कदमको संज्ञा दिँदै यस बिरुद्ध आदालत जानुका साथै चरणबद्ध आन्दोलनका कार्यक्तमहरु सार्वजनिक गर्ने बताए । 
    बिरोध प्रदर्शनमा नेकपा जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य रामप्रित पासवान, जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, जिल्ला सचिव एवं प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, पूर्वमन्त्री उमेश यादव, महेश यादव, देवनाथ यादवलगायत ठूलो संख्यामा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरु सहभागि थिए । 
    यस्तै आइतबारै जनता समाजवादी पार्टी नेपाल सप्तरीका नेता तथा कार्यकर्ताहरुले समेत प्रधानमन्त्री सो कदम बिरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरेका छन् ।

 
    जसपाका केन्द्रिय सदस्य दिनेश यादव, जिल्ला नेता निरज मुक्ति, सुनिल झा लगायत नेताहरुको सहभगितामा प्रधानमन्त्री बिरुद्ध चर्का नाराबाजी गर्दै बिरोध जुलुसले राजविराज परिक्रमा गरेको थियो । 
    परिक्रममा पश्चात् जनआन्दोलन चौकमा सम्पन्न बिरोध सभामा उनीहरुले प्रधानमन्त्रीको पुतला समेत जलाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ