दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
सप्तरी प्रहरीले चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
सप्तरीको छिन्नमस्ता ३ निवासी पुनित कुमार खंगको जाहेरीले चोरी मुद्दामा फरार रहेका स्थानिय २३ वर्षिय नन्दी कुमार साहलाई पक्राउ गरेको हो ।
मोबाईल र साईकल चोरी गरि लगेको चोरी मुद्दामा सप्तरी जिल्ला अदालतको २०७७ पुस १९ गते साहलाई २ महिना १० दिन कैद र १० हजार जरिवानाको फैसला भएको थियो ।
सो फैसला भएलगत्तै फरार रहेका साहलाई खोजतलासका क्रममा प्रहरीले सोमबार पक्राउ गरेर अदालतमा उपस्थित गराई २ महिना कैद भुक्तान गरी सकेकाले १० हजार तिर्न बाँकी रहेकोमा सो रकम तिर्न नसक्दा साहलाई पुर्पक्षको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै प्रहरीले कुटपिट अंगभंग र रहजनी चोरी मुद्दाका फरार अभियुक्त साबिक बरहीबिरपुर गाबिस ५ हाल बिष्णूपुर गाउँपालिका ६ बस्ने २२ वर्षिय पप्पु कुमार रामलाई समेत पक्राउ गरेको छ ।
जिल्लाको साविकको बिषहरीया गाबिस ३ निवासी अशोक कुमार यादवले २०७२ असोज १० गते दिएको जाहेरीले रामले उनलाई कुटपिट गरि घाईते बनाई साथमा रहेको मोबाईल, सुनको औठी र साईकल थानसमेत चोरी गरेका थिए ।
रामलाई कुटपिट अंगभंग र रहजनी चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७५ माघ १७ गते २ बर्ष कैद र एक लाख एक सय जरिवानाको फैसला गरेको थियो । उनी पनि सोही मितिदेखी फरार रहेकोमा सोमबारै पक्राउ परेकाले अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
सारांश
- सप्तरीको छिन्नमस्ता ३ निवासी पुनित कुमार खंगको जाहेरीले चोरी मुद्दामा फरार रहेका स्थानिय २३ वर्षिय नन्दी कुमार साहलाई पक्राउ गरेको हो ।
- मोबाईल र साईकल चोरी गरि लगेको चोरी मुद्दामा सप्तरी जिल्ला अदालतको २०७७ पुस १९ गते साहलाई २ महिना १० दिन कैद र १० हजार जरिवानाको फैसला भएको थियो ।
- सो फैसला भएलगत्तै फरार रहेका साहलाई खोजतलासका क्रममा प्रहरीले सोमबार पक्राउ गरेर अदालतमा उपस्थित गराई २ महिना कैद भुक्तान गरी सकेकाले १० हजार तिर्न बाँकी रहेकोमा सो रकम तिर्न नसक्दा साहलाई पुर्पक्षको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया