दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
महाशिवरात्री पर्व मनाउनका लागि सप्तरीका शिवालयहरुमा तयारी तिब्र पारिनुका साथै शिवालयहरुको रंगरोगन तथा झकिझकाउ पार्न थालिएको छ ।
फागुन १७ गते मंगलबार यो पर्व मनाइने छ । महाशिवरात्री पर्वका लागि राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, छिन्नमस्ता गाउँपालिकास्थित लालेश्वरनाथ महादेव मन्दिर, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर लगायतका शिवालयहरु अहिले रंगरोगन र सजाउने काम धमाधम भइरहेको छ ।
यसैक्रममा महाशिवरात्रीमा सर्वाधिक श्रद्धालुको भिड लाग्ने राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरलाई आकर्षक र सौन्दर्यकरण कार्यमा व्यवस्थापन समितिले लाखौं रकम खर्चेको मुल पुजारी महेश्वर भारतीले जानकारी दिँदै मन्दिर प्रवेशद्वारदेखी मन्दिरसम्म टायल्स बिछ्याइएको छ भने रंगरोगन, श्रद्धालु बस्ने बिश्राम स्थल निर्माण तथा सजावट कार्य अन्तिम चरणमा पुगेको बताए ।
मन्दिरको व्यवस्थापन समितिले भक्तजनका लागि पूजामा सहजिकरण, यातायातको पार्किङ, सरसफाई र खानपिनलाई सुरक्षित बनाउन समेत विभिन्न तयारी गरेको अध्यक्ष ध्रुब देवले बताए । मन्दिरको सौन्दर्यकरणका लागि आफ्नो व्यक्तिगत खर्चका साथै विभिन्न दाताहरुबाट पनि सहयोग प्राप्त भएको जानकारी दिदै उनले शिवरात्रीका दिन यस मन्दिरमा ५० हजार भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताए ।
यता जिल्लाका अन्य शिवालयहरु पनि मन्दिर संरक्षण र व्यवस्थापन समितिद्वारा झकिझकाउ पार्ने काम अन्तिम चरणमा पुगेको सम्बन्धी समितिले जनाएको छ ।
महाशिवरात्रीका लागि शिवालयहरुमा तयारी तिब्र
सारांश
- फागुन १७ गते मंगलबार यो पर्व मनाइने छ ।
- महाशिवरात्री पर्वका लागि राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, छिन्नमस्ता गाउँपालिकास्थित लालेश्वरनाथ महादेव मन्दिर, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर लगायतका शिवालयहरु अहिले रंगरोगन र सजाउने काम धमाधम भइरहेको छ ।
- यसैक्रममा महाशिवरात्रीमा सर्वाधिक श्रद्धालुको भिड लाग्ने राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरलाई आकर्षक र सौन्दर्यकरण कार्यमा व्यवस्थापन समितिले लाखौं रकम खर्चेको मुल पुजारी महेश्वर भारतीले जानकारी दिँदै मन्दिर प्रवेशद्वारदेखी मन्दिरसम्म टायल्स बिछ्याइएको छ भने रंगरोगन, श्रद्धालु बस्ने बिश्राम स्थल निर्माण तथा सजावट कार्य अन्तिम चरणमा पुगेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया