दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
महाशिवरात्री पर्व मनाउनका लागि सप्तरीका शिवालयहरुमा तयारी तिब्र पारिनुका साथै शिवालयहरुको रंगरोगन तथा झकिझकाउ पार्न थालिएको छ ।
फागुन १७ गते मंगलबार यो पर्व मनाइने छ । महाशिवरात्री पर्वका लागि राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, छिन्नमस्ता गाउँपालिकास्थित लालेश्वरनाथ महादेव मन्दिर, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर लगायतका शिवालयहरु अहिले रंगरोगन र सजाउने काम धमाधम भइरहेको छ ।
यसैक्रममा महाशिवरात्रीमा सर्वाधिक श्रद्धालुको भिड लाग्ने राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरलाई आकर्षक र सौन्दर्यकरण कार्यमा व्यवस्थापन समितिले लाखौं रकम खर्चेको मुल पुजारी महेश्वर भारतीले जानकारी दिँदै मन्दिर प्रवेशद्वारदेखी मन्दिरसम्म टायल्स बिछ्याइएको छ भने रंगरोगन, श्रद्धालु बस्ने बिश्राम स्थल निर्माण तथा सजावट कार्य अन्तिम चरणमा पुगेको बताए ।
मन्दिरको व्यवस्थापन समितिले भक्तजनका लागि पूजामा सहजिकरण, यातायातको पार्किङ, सरसफाई र खानपिनलाई सुरक्षित बनाउन समेत विभिन्न तयारी गरेको अध्यक्ष ध्रुब देवले बताए । मन्दिरको सौन्दर्यकरणका लागि आफ्नो व्यक्तिगत खर्चका साथै विभिन्न दाताहरुबाट पनि सहयोग प्राप्त भएको जानकारी दिदै उनले शिवरात्रीका दिन यस मन्दिरमा ५० हजार भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताए ।
यता जिल्लाका अन्य शिवालयहरु पनि मन्दिर संरक्षण र व्यवस्थापन समितिद्वारा झकिझकाउ पार्ने काम अन्तिम चरणमा पुगेको सम्बन्धी समितिले जनाएको छ ।
महाशिवरात्रीका लागि शिवालयहरुमा तयारी तिब्र
सारांश
- फागुन १७ गते मंगलबार यो पर्व मनाइने छ ।
- महाशिवरात्री पर्वका लागि राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, छिन्नमस्ता गाउँपालिकास्थित लालेश्वरनाथ महादेव मन्दिर, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर लगायतका शिवालयहरु अहिले रंगरोगन र सजाउने काम धमाधम भइरहेको छ ।
- यसैक्रममा महाशिवरात्रीमा सर्वाधिक श्रद्धालुको भिड लाग्ने राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरलाई आकर्षक र सौन्दर्यकरण कार्यमा व्यवस्थापन समितिले लाखौं रकम खर्चेको मुल पुजारी महेश्वर भारतीले जानकारी दिँदै मन्दिर प्रवेशद्वारदेखी मन्दिरसम्म टायल्स बिछ्याइएको छ भने रंगरोगन, श्रद्धालु बस्ने बिश्राम स्थल निर्माण तथा सजावट कार्य अन्तिम चरणमा पुगेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया