दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि सप्तरीमा बुधबार उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन् ।
सप्तरी शाखाकाको नयाँ कार्य समिति गठनका लागि लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनको संयुक्त प्यानल तथा प्रेस सेन्टर र प्रेस मञ्चको संयुक्त प्यानलबाट उम्मेरवारी परेको हो ।
प्रेस युनियन सहितको संयुक्त प्यानलबाट अध्यक्षमा श्रवण कुमार देव, उपाध्यक्ष अनिल कुमार पोखरेल, उपाध्यक्ष महिला सुधा देव, सचिव खगेन्द्र कार्की, सहसचिव कृष्णकुमार मण्डल, सहसचिव समावेशी डम्बर राई, कोषाध्यक्ष नविन कुमार गुप्ता, सदस्य महिला रक्षा चौधरी, सदस्य दलित किशोर कुमार पासवान, सदस्य आदिवासी जनजाती निरज कुमार मंडल, सदस्य मधेशी अरुण कुमार यादव, सदस्य अन्य समावेशी परिष कुमार कर्ण, सदस्य खुल्लामा क्रमशः नर्मदेव यादव, शिव आचार्य, उत्तम आचार्य र रामनाराण यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
देव यस अघिको निर्वाचनबाट प्रेस युनियन सहितको प्यानलबाट अध्यक्षमा निर्वाचित भई महासंघ सप्तरीको नेतृत्व गर्दै आएका छन् ।
यसै गरि सोही प्यानलबाट केन्द्रिय परिषद सदस्यहरुमा ढमला भट्टराई, सतिश कुमार दत्त र मनोजकुमार माझी र प्रदेश परिषद सदस्यहरुमा अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लोकेन्द्र प्रसाद यादव, पवन कुमार मिश्र, गणेशलाल देवले उम्मेदवारी उम्म्ेदवारी दिएका हुन् ।
यस्तै प्रेस सेन्टर र प्रेस मञ्चको प्यानलबाट अध्यक्षमा वैद्यनाथ यादव, उपाध्यक्ष रामनारायण विश्वास, उपाध्यक्ष महिला मन्जु यादव, सचिव जितेन्द्र कुमार झा, सह सचिव दिनानाथ यादव, सह सचिव समावेशी विद्यानन्द राम, कोषाध्यक्ष गोपाल प्रसाद गुप्ता, सदस्य आदिवासी जनजाती बृजमान तामाङ्ग, सदस्य मधेशी कृष्णदेव यादव, सदस्य अन्य समावेशी भुषण कुमार सिंह, सदस्य खुल्लामा क्रमशः धर्मपाल राउत, विन्दू कुमार यादव,राजेन्द्र कुमार मिश्र र गंगा प्रसाद साह रहेका छन् ।
यादव यस अघिको निर्वाचनमा प्रेस मञ्चकै प्यानलबाट उपाध्यक्षमा निर्वाचित भई महासंघ सप्तरीको कार्यसमितिमाछन् ।
यसैगरि केन्द्रिय परिषद सदस्यहरुमा देवराम यादव, सुमन कुमार मिश्र छन् भने प्रदेश परिषद सदस्यहरुमा भुपेन्द्र प्रसाद मण्डल, आनन्द मोहन शर्मा, महेन्द्र प्रसाद मण्डलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति संयोजक बैद्यनाथ झाले जानकारी दिएका छन् । छन् ।
यसैबीच नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र केन्द्रिय परिषद सदस्यमा ढमला भट्टराई देवको प्यानलबाट मात्रै उम्मेदवारी परेको छ ।
पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
सारांश
- सप्तरी शाखाकाको नयाँ कार्य समिति गठनका लागि लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनको संयुक्त प्यानल तथा प्रेस सेन्टर र प्रेस मञ्चको संयुक्त प्यानलबाट उम्मेरवारी परेको हो ।
- प्रेस युनियन सहितको संयुक्त प्यानलबाट अध्यक्षमा श्रवण कुमार देव, उपाध्यक्ष अनिल कुमार पोखरेल, उपाध्यक्ष महिला सुधा देव, सचिव खगेन्द्र कार्की, सहसचिव कृष्णकुमार मण्डल, सहसचिव समावेशी डम्बर राई, कोषाध्यक्ष नविन कुमार गुप्ता, सदस्य महिला रक्षा चौधरी, सदस्य दलित किशोर कुमार पासवान, सदस्य आदिवासी जनजाती निरज कुमार मंडल, सदस्य मधेशी अरुण कुमार यादव, सदस्य अन्य समावेशी परिष कुमार कर्ण, सदस्य खुल्लामा क्रमशः नर्मदेव यादव, शिव आचार्य, उत्तम आचार्य र रामनाराण यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
- देव यस अघिको निर्वाचनबाट प्रेस युनियन सहितको प्यानलबाट अध्यक्षमा निर्वाचित भई महासंघ सप्तरीको नेतृत्व गर्दै आएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया