दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम राजविराज मंगलबारदेखि शुरू भएको छ । मेलमिलाप परिषद्को आयोजनामा तालिम शुरू भएको हो ।
तालिमको उद्घाटन सत्रमा मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले मेलमिलापलाई संसारमै उत्कृष्ट प्रक्रियाको रूपमा लिएको बताएका छन् । उनले मेलमिलापबाट बिवाद समाधान भएमा समय,मांसिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने बताएका छन् ।
मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दिर्घकालिन शान्ति सुरक्षा कायम भई असल र सभ्य समासज निर्माण हुने न्यायाधिश रेग्मीको तर्क थियोे । न्याय समितिबाट ८०÷७० प्रतिशत विवाद समाधान हुँदै आएको उनको भनाइ छ ।
कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज ईजलासका न्यायाधीश वामदेव ज्ञवालीले न्यायाधीशले एक पक्षलाई हराउने र अर्को पक्षलाई जिताउने काम गर्नुपर्दा न्यायाधीशलाई न्यायाधीश भएको हुनुमा गर्व नलाग्ने गरेको बताए । उनले भने, “सफल मेलमिलाप कर्ता हुनु ठूलो गौरव हो । मेलमिलापकर्ताले दुबै पक्षलाई जिताउँछ । दुबै पक्षको मन र मस्तिष्कमा हुने भएकोले पक्ष विपक्ष तथा मेलमिलाप कर्तालाई भित्रैबाट सन्तुष्टि हुनुले मेलमिलापप्रति सर्वसाधारणको सकारात्मक धारणा रहेको छ ।”
कार्यक्रममा उच्च बार एशोसियन सप्तरीका अध्यक्ष हरेराम यादवले समयमा फैसला पत्र आउन नसक्नुका कारण जनशक्ति अभाव भएपछि सेवाग्राही र अधिवक्ताको गुनासो रहेको बताए । अदालतमा दरबन्दीभन्दा ५० प्रतिशत कर्मचारी कम रहेकोले अदालतको कामकाज प्रभावित हुँदै आएकोप्रति सम्बन्धित निकायले यसतर्फ गम्भीर हुनुपर्ने सुझाव दिए ।
मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु
सारांश
- तालिमको उद्घाटन सत्रमा मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले मेलमिलापलाई संसारमै उत्कृष्ट प्रक्रियाको रूपमा लिएको बताएका छन् ।
- उनले मेलमिलापबाट बिवाद समाधान भएमा समय,मांसिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने बताएका छन् ।
- मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दिर्घकालिन शान्ति सुरक्षा कायम भई असल र सभ्य समासज निर्माण हुने न्यायाधिश रेग्मीको तर्क थियोे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया