दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउत (सी.के.) ले आज भोली सबैले आफ्ना छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने प्रबृतीले समाजको बिकास हुन नसक्ने बताएका छन् ।
रामनवमीको अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित राजधोव समुदायको लखाय बाबा मन्दिरको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्दिरको उद्घाटनका क्रममा सम्बोधन गर्दै डा. राउतले जोखिम नलिएसम्म कोई पनि अगाडि बढ्न नसक्ने बताउँदै उनले भने, “समाजको बिकास तब मात्र सम्भव हुनसक्छ जब, आ–आफ्नो परिवारमा जो बच्चा जे बन्न चाहन्छ, जे पढन चाहन्छ अभिभावकले पनि त्यसमै हौसला बढाउनु पर्छ ।”
ईतिहासको महत्व छ, तर ईतिहास मात्र सबै होईन, उनले भने, “ईतिहास, बिगत देखाएर मात्र हुदैन, आजको समयमा हामी कति गर्न सक्छौ त्यो महत्वपुर्ण हुन जान्छ ।”
उक्त अवसरमा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, राजधोग महासंघ नेपाल भारत केन्द्रीय अध्यक्ष बिखो माझी, जातिय मैनजन रघुराज मण्डल, मन्दिर निर्माण समिति अध्यक्ष कपलेश्वर माझी, भारदहका थानपति सहादेव मरर, नेपाल पत्रकार महासँघ सप्तरी पुर्व अध्यक्ष जितेन्द्र खडगा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
लखाय बाबा मन्दिर उद्घाटन कार्यक्रममा नेपाल र भारतवाट राजधोव स्वजातिय संगठनहरूका मैनजन, थानपति तथा सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको आयोजक समितिका राजकुमार गाईमले जानकारी दिए ।
यसअघि बिहीबार बिहान स्वजातिय महिलाहरुले कोसी ब्यारेजबाट कलश भरेर मन्दिरसम्मको पदयात्रा गरेका थिए ।
राजधोव समुदायको जातिय देवता लखाय बाबा मन्दिरमा मुर्ती स्थापना सँगै बिधिवत पुजापाठ गर्दै डा. राउतले रिवन काटेर मन्दिरको शुभारम्भ गरेका हुन् । बर्षौको प्रतिक्षापछि भारदहस्थित कंकालनी मन्दिर छेउमा लखाय बाबाको मन्दिर राजधोव समुदायका ब्यक्तिहरुको आर्थिक सहयोगमा निर्माण गरेर मुर्ती स्थापना गरिएको छ ।
छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने प्रबृतीले समाजको बिकास हुन सक्दैन ः डा. राउत
सारांश
- रामनवमीको अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित राजधोव समुदायको लखाय बाबा मन्दिरको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
- मन्दिरको उद्घाटनका क्रममा सम्बोधन गर्दै डा.
- राउतले जोखिम नलिएसम्म कोई पनि अगाडि बढ्न नसक्ने बताउँदै उनले भने, “समाजको बिकास तब मात्र सम्भव हुनसक्छ जब, आ–आफ्नो परिवारमा जो बच्चा जे बन्न चाहन्छ, जे पढन चाहन्छ अभिभावकले पनि त्यसमै हौसला बढाउनु पर्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया