दैनिक समाचारदाता
राजविराज, २ चैत ।
जन्तीको वासको लागि कोठा प्रयोग गर्न नदिएको निहुँमा छिमेकीले पसल नै जलाइदिएको भन्दै एक पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् ।
ती परिवारले आफुहरुलाई उठीबास नै गराउने गरी गरिएको आगजनी घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कडा कारवाही गराउन पहलका लागि अधिकारकर्मी र संचारकर्मीसँग आग्रह समेत गरेका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी महेन्द्र साह र उनका परिवारजनले न्याय खोज्दै शुक्रवार राजविराज आएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका हुन् । उक्त आगजनी घटनामा संलग्न रहेका दावीका साथ सोही वडा निवासी राकेश साह लगायत विभिन्न व्यक्ति विरुद्ध किटानी जाहेरी दिइएको छ ।
पीडित महेन्द्र साहद्धारा दिइएको जाहेरीमा जन्तीको वासको लागि मागेको कोठा नदिएको निहुँमा छिमेकी २५ वर्षिय दिपु भन्ने राकेशको अगुवाईमा फागुन २८ गते सोमबार मध्यराती तोडफोड र पसलमा आगजनी गरी लाखौंको सम्पति नष्ट गरिएको उल्लेख छ । उनले उक्त घटनापछि राकेश गाउँबाट फरार रहेको समेत जनाएका छन् । पीडित साहका अनुसार राकेशले आफ्नो आफ्नो बहिनीको विवाहमा फागुन २२ गते आउने जन्तीको बासका लागि २ वटा सटर भएको कोठा माग गरेका थिए । तर, फागुन २३ गते आफ्नो जेठो छोरा सन्तोषको पनि विहे तय गरिएकाले कोठा दिन नसकिने बताएपछि राकेश आक्रोशित भए फर्किएको महेन्द्रले सुनाए । सोही निहुँमा फागुन २५ गते राती रक्सीले मातेर आएका राकेशले प्रिती भोजमा आउने पाहुनाहरुका लागि सजाएर राखिएको दर्जनौं टेबुल र कुर्सी तोडफोड गरी धम्क्याउँदै फर्केको महेन्द्रले सुनाए ।
सो घटनाको भोली पल्ट फागनु २६ गते ज्वाईको निधन भएको खबर आएपछि आफुहरु स–परिवार भारतको झन्झारपुर पुगी फागुन २७ गते घर फर्कि आएको र सुतिरहेका बेला मध्यराती पेट्रोल छर्की आगो लगाइएको उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् ।
उनले आगलागीबाट आफ्नो मदिरा पसलमा रहेको ५५ हजार ३ सय ६० नगदका साथै फर्निचर, मदिरा, चिसो पेयपदार्थ, भाडावर्तन र भवन सबै जलेर नष्ट भई १२ लाखभन्दा बढीको क्षति भएको जाहेरीमा उल्लेख गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी क्षतिपूर्ति र कडा कार्वाहीको माग गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले घटनास्थलको प्रकृति हेर्दा प्रारम्भिक चरणमा आगजनीनै भएको देखिएपनि यसबारे सुक्ष्म अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछि सत्य तथ्य सार्वजनिक गर्ने जनाएका छन् ।
जन्तीका वासका लागि कोठा नदिएको निहुँमा पसल जलाइएको भन्दै उजुरी
सारांश
- ती परिवारले आफुहरुलाई उठीबास नै गराउने गरी गरिएको आगजनी घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कडा कारवाही गराउन पहलका लागि अधिकारकर्मी र संचारकर्मीसँग आग्रह समेत गरेका छन् ।
- सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी महेन्द्र साह र उनका परिवारजनले न्याय खोज्दै शुक्रवार राजविराज आएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका हुन् ।
- उक्त आगजनी घटनामा संलग्न रहेका दावीका साथ सोही वडा निवासी राकेश साह लगायत विभिन्न व्यक्ति विरुद्ध किटानी जाहेरी दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया