दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
संर्घषरत दुग्ध व्यवसायी तथा दुध किसानहरुले विभिन्न ११ बुंदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
राजविराजमा दुग्ध उत्पादक सहकारी संघ लि.को अगुवाईमा मंगलवार प्रर्दशनसहित दुग्ध व्यवसायी र किसानहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई ११ बुंदे ज्ञापन पत्र बुझाएका हुन् ।
दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रिरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका माग राखी उनीहरु आन्दोलित भएका हुन् ।
सयौंंको संख्यामा सहभागी दुग्ध व्यवसायी र किसानहरुको जुलुस कृषि मन्त्री राजिनामा दे, भारतीय दुध आयात बन्द गर, लगायतका नाराबाजी गर्दै बजार क्षेत्रमा परिक्रमा गरेको थियो ।
ज्ञापन पत्रमा दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको विराटनगरस्थित दुग्ध विकास संस्थान वितरण आयोजना तथा अन्य नीजी डेरी उधोगहरुले विगत ८ महिना देखि ८ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै अविलम्ब भुक्तानी ब्यवस्थाका लागी सरकार संंग माग गरिएको छ ।
यस्तै विभिन्न बहानामा आफुखुशी कायम गरेको मूल्य खारेजी, दुग्ध व्यवसायी र किसानलाई पेशामा टिकाई राख्न सहुलित कृषि कर्जाको व्यवस्था, निर्यातित दुग्धजन्य पर्दाथमा अनुदानको व्यवस्था, सीमाक्षेत्रबाट अबैधरुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पदार्थमा रोक जस्ता माँग अघि सारिएको छ ।
यस्तै विमा दाबी भुक्तानीको सहज व्यवस्था, पशु आहारा आदीको ढुवानीमा ट्राफिक प्रहरीले दिने अनावश्यक दुःखको अन्त्य र किसानसँग रहेको दुध र दुग्धजन्य पर्दाथको अन्तराष्ट्रिय बजारसम्म पहुँचको व्यवस्था लगायतका माग पनि ज्ञापन पत्रमार्फत किसानहरुले अघि सारेका छन् ।
ज्ञापन पत्रमा पीडित किसानहरुले आन्दोलन कार्यक्रम सहित माँग पुरा नभए आन्दोलन चर्काउदै लैजाने चेतावनी समेत दिएका छन् । जसअनुसार फागुन १७ गते साँकेतिक रुपमा पूर्व पश्चिम राजर्मागको महुली सडक खण्डमा दुध पोखेर एक घण्टा चक्का जाम तथा फागुन २१ देखि काठमाडौं माईतीघर मण्डेलामा धर्ना तथा विरोध प्रर्दशनका कार्यक्रम तय गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले तत्कालै सो ज्ञापन पत्र सम्बन्धित निकायलाई पठाई समस्या समाधानका लागी आपूmले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित
सारांश
- राजविराजमा दुग्ध उत्पादक सहकारी संघ लि.
- को अगुवाईमा मंगलवार प्रर्दशनसहित दुग्ध व्यवसायी र किसानहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई ११ बुंदे ज्ञापन पत्र बुझाएका हुन् ।
- दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रिरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका माग राखी उनीहरु आन्दोलित भएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया