राजविराज÷सप्तरीमा बढ्दो बलात्कार तथा महिला हिंसा बिरुद्ध शनिबार राजविराजमा यूवाहरुले प्रदर्शन गरेका छन् ।
स्वतन्त्र युवा समूहले आयोजना गरेको कार्यक्रममा यूवाहरुले महिला हिंसामा संलग्नलाई कारवाही गर, बालात्कारीलाई उन्मुक्ति दिन पाइदैन, बलात्कार प्रयासका घटना ढाकछोप गर्न पाइदैन्, बलात्कार प्रयासका घटना मिलाउने जनप्रतिनिधि, नेता र प्रहरीलाई कारवाही गरलगायतका विभिन्न नारा अंकित प्ले कार्डसहित यूवाहरुले प्रदर्शन गरेका हुन् ।
जिल्लामा महिला हिंसा तथा बलात्कारका घटनाहरु बढीरहेको तथा पंचायतिको नाममा पीडकलाई उन्मुक्ति दिने काम भइरहेको भन्दै दोषिमाथी कारवाहीका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको प्रदर्शनमा सहभागि सुनिता साहले बताईन् ।
उनले पीडकलाई उन्मुक्ति दिने भूमिका खेल्न जनप्रतिनिधि तथा त्यसमा संलग्न सबैमाथी घटनाको निष्पक्ष छानबिनद्वारा कारवाही गरिनु पर्ने माँग समेत गरिन् ।
गत भदौं २६ गते जिल्लाको खडक नगरपालिकामा भएको एक घटनामा जनप्रतिनिधी समेत बसी पंचायति गरि रकम दिएर मिलाउन खोजिएको प्रदर्शनकारीको आरोप छ ।
प्रहरीले भने खडक नगरपालिकाको उक्त घटनामा पीडित पक्ष भनिएकाबाट कुटपिटको जोहरी परेका कारण सोही अनुसार अनुसन्धान भइरहेको स्पष्ट पारेको छ ।
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
सारांश
- उनले पीडकलाई उन्मुक्ति दिने भूमिका खेल्न जनप्रतिनिधि तथा त्यसमा संलग्न सबैमाथी घटनाको निष्पक्ष छानबिनद्वारा कारवाही गरिनु पर्ने माँग समेत गरिन् ।
- गत भदौं २६ गते जिल्लाको खडक नगरपालिकामा भएको एक घटनामा जनप्रतिनिधी समेत बसी पंचायति गरि रकम दिएर मिलाउन खोजिएको प्रदर्शनकारीको आरोप छ ।
- प्रहरीले भने खडक नगरपालिकाको उक्त घटनामा पीडित पक्ष भनिएकाबाट कुटपिटको जोहरी परेका कारण सोही अनुसार अनुसन्धान भइरहेको स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया