राजविराज÷राजविराज नगरपालिका १२ दमावति टोलका २७ वर्षिय पंचदेव खंग र उनकी २५ वर्षिया पत्नि पुनिता अहिले जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा परेका छन् ।
पुनिताले गत जेठ १ गते स्थानिय युनिक सिटी अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । शल्यक्रिया मार्फत जन्माइएको शिशुमा एक छोरा र एक छोरी छन् । यसअघि पनि उनका दुई सन्तान छन् ।
परिवारको आर्थिक अवस्था निकै कमजोर भएका खंग दम्पत्तिले सुत्केरी गराउँदा ऋण लिएर गरेको खर्च तिर्नै नसकेको बेला आर्थिक अभावका कारण अहिले नवजात शिशुलाई पोषिलो खाहारा खुवाउन धौं धौं परेको हो ।
अर्काको खेतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका पंचदेवले अस्पतालमा सुत्केरी गराउँदा साहु महाजनसँग लिएको ८० हजार ऋण सापटी तिर्न नसक्दा अहिले नवजात शिशुलाई अब कसरी हुर्काउने भन्ने चिन्ताले सताएको बताउँछन् ।
हाल बच्चाको तौल भने घट्दै गएको पंचदेवले सुनाए । बच्चालाई स्वथ्य राख्न पोषिलो आहाराको आवश्यक्ता परे पनि आर्थिक अवस्था निकै कमजोर भएकाले सोको जोहो गर्न नसकेको उनले लाचारी व्यक्त गरे ।
यता नवजात शिशुका लागि आमाको दुध सबैभन्दा पोषिलो आहारा भएपनि दुध पुग्न नसक्दा बच्चा कुपोषणले ग्रसित हुन थालेको पुनिताले सुनाइन् ।
सम्पत्तिको नाममा उनीहरुसँग एक धुर जग्गा मात्र छन् । सोही जग्गामा फुसको झुप्रो बनाएर बस्दै आएका खंग दम्पत्तिको सात दिनको अस्पताल बसाइले अहिले आम्दानीको सबै बाटो बन्द हुँदा जिवन थप कष्टकरमय बनेको छ । पौष्टिक आहाराको अभावमा आमालाई दुध नपुगेर बच्चा कुपोषण लाग्ने चिन्ताले सहयोगको याचना गरेको उनहरुको भनाई छ ।
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
सारांश
- अर्काको खेतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका पंचदेवले अस्पतालमा सुत्केरी गराउँदा साहु महाजनसँग लिएको ८० हजार ऋण सापटी तिर्न नसक्दा अहिले नवजात शिशुलाई अब कसरी हुर्काउने भन्ने चिन्ताले सताएको बताउँछन् ।
- हाल बच्चाको तौल भने घट्दै गएको पंचदेवले सुनाए ।
- बच्चालाई स्वथ्य राख्न पोषिलो आहाराको आवश्यक्ता परे पनि आर्थिक अवस्था निकै कमजोर भएकाले सोको जोहो गर्न नसकेको उनले लाचारी व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया