प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

राजविराज राजविराज
|
बिहिबार, आश्विन १४, २०७८
|
|
४४ पटक हेरिएको
Shares
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

सारांश

  •     आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
  •     प्रदेश २ सरकारको “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तरगत २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको विषयमा अख्तियारले छानबिन गर्न लागेको जनाइएको छ ।
  •       मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो ।

दैनिक समाचारदाता
जनकपुरधाम, १३ असोज । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको छ ।
    आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
    प्रदेश २ सरकारको “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तरगत २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको विषयमा अख्तियारले छानबिन गर्न लागेको जनाइएको छ । 
    मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल किनेर २ सय ६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि भनी साइकल दिइएको थियो ।
    यता अख्तियारको टोलीले साइकल बितरण सम्बन्धी सम्पूर्ण कागजपत्रहरु नियन्त्रणमा लिई गएको जनाइएको छ । 
    यसैबीच मुख्यमन्त्री राउतले अख्तियारको शैलीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अख्तियारको छापामार शैलीले सरकारलाई बदनाम गर्न खोजेको आरोप समेत लगाए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?