प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

राजविराज राजविराज
|
बिहिबार, आश्विन १४, २०७८
|
|
७३ पटक हेरिएको
Shares
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

सारांश

  •     आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
  •     प्रदेश २ सरकारको “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तरगत २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको विषयमा अख्तियारले छानबिन गर्न लागेको जनाइएको छ ।
  •       मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो ।

दैनिक समाचारदाता
जनकपुरधाम, १३ असोज । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको छ ।
    आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
    प्रदेश २ सरकारको “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तरगत २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको विषयमा अख्तियारले छानबिन गर्न लागेको जनाइएको छ । 
    मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल किनेर २ सय ६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि भनी साइकल दिइएको थियो ।
    यता अख्तियारको टोलीले साइकल बितरण सम्बन्धी सम्पूर्ण कागजपत्रहरु नियन्त्रणमा लिई गएको जनाइएको छ । 
    यसैबीच मुख्यमन्त्री राउतले अख्तियारको शैलीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अख्तियारको छापामार शैलीले सरकारलाई बदनाम गर्न खोजेको आरोप समेत लगाए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
आजदेखि माध्यमिक शिक्षा  परिक्षा (एसइई) सुरू, सप्तरीबाट ९ हजार ९८ परिक्षार्थी सहभागी हुदै 
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा पर्सा र सिरहा बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा पर्सा र सिरहा बिजयी 
प्रधानमन्त्री कार्यालयको टोली समक्ष गुनासैगुनासो
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी