कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना

राजविराज राजविराज
|
बुधबार, जेठ ६, २०८३
|
|
८९ पटक हेरिएको
Shares
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना

सारांश

  •     मंगलबार बिहान राजविराज वडा नं.
  • ८ स्थित निर्माण कार्यको निरिक्षण तथा लेआउट गर्न पुगेको बेला सवइन्जिनियर यादवलाई कुटिपिटका साथै उनको साथमा रहेको ल्यापटप समेत तोडफोड भएको घटनाको बिरोध गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
  •       सवइन्जिनियर यादवलाई कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारवाहीको माग गर्दै कार्यालय समय बिहान ९ बजेदेखी ५ बजेसम्म कर्मचारीहरु धर्ना बसेका छन् ।

दैनिक समचारदाता
राजविराज, ६ जेठ । 

    राजविराज नगरपालिकाका सवइन्जिनियर मनोज कुमार यादवलाई कुटपिट गरेको बिरोधमा आन्दोलित कर्मचारीहरु बुधबार पालिका परिसरमा धर्ना बसेका छन् । 
    मंगलबार बिहान राजविराज वडा नं. ८ स्थित निर्माण कार्यको निरिक्षण तथा लेआउट गर्न पुगेको बेला सवइन्जिनियर यादवलाई कुटिपिटका साथै उनको साथमा रहेको ल्यापटप समेत तोडफोड भएको घटनाको बिरोध गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । 
    सवइन्जिनियर यादवलाई कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारवाहीको माग गर्दै कार्यालय समय बिहान ९ बजेदेखी ५ बजेसम्म कर्मचारीहरु धर्ना बसेका छन् । कर्मचारीहरुले अतिआवश्यक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् ।
    मंगलबार बिहान १० बजेतिर राजविराज ८ मा नगरपालिकाद्वारा भइरहेको सडक निर्माण कार्यको निरिक्षण तथा लेआउटका लागि पुगेका सवइन्जिनियर यादवमाथी सोही वडा निवासी गुलाब यादव भन्ने व्यक्तिले कुटपिट तथा ल्यापटप तोडफोड गरेको प्रमुख प्रशसकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी बताए । 
    यसअघि मंगलबार नै सवइन्जिनियर यादवमाथी कुटपिट गर्ने तथा ल्यापटप तोडफोड गर्ने गुलाब यादवलाई पक्राउ गरि कानुन बमोजिम कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा नगरपालिकाले उजुरी समेत दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 
थप एक जना संक्रमितको मृत्यु
थप एक जना संक्रमितको मृत्यु
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न