कंकालिनीमा ६ सय ६९ राँगाको बलि 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २१, २०७९
|
|
४२ पटक हेरिएको
Shares
कंकालिनीमा ६ सय ६९ राँगाको बलि 

सारांश

  •     नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिएका छन् ।
  •       यस्तै कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब २५ हजारको हाराहरीमा खसीबोकाको बलि दिएको अध्यक्ष मण्डलले बताए ।
  •       गत वर्ष भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २० असोज ।

    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा यसपल्ट बडा दसैँको महानवमीका दिन ६ सय ६९ राँगाको बलि चढाइएको छ । 
    नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिएका छन् । 
    यस्तै कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब २५ हजारको हाराहरीमा खसीबोकाको बलि दिएको अध्यक्ष मण्डलले बताए । 
    गत वर्ष भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो । साथै दुई वर्ष अगाडि कोरोना माहामारीका बेला कङ्कालिनी भगवती मन्दिरमा तीन सय ८५ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिएको थियो । 
    आफ्नो मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन यहाँ भक्तजन आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।
    प्रत्येक वर्ष विजयी दशमीका अवसरमा महानमवीका दिन यहाँको मन्दिरमा राँगा, खसीबोका र परेवाको बलि दिने चलन रहेको छ । 
    कोरोना महामारीका कारण नेपाल–भारत सीमानाका बन्द हुँदा त्यहाँका भक्तजन आउन नसकेको हँुदा राँगा बलिमा कमी अएको बताइएको थियो । 
    नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायतका ठाउँबाट लाखौँको सङ्ख्यामा आएका दर्शनार्थी यस मन्दिरमा यस वर्ष पनि विगतकै जस्तो भीड लागेको थियो । 
    त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महा नमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको संचालनमा
नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको संचालनमा
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 
कठ्याग्रिएर मृत्यु भएका सदाको घरमा प्रदेशसभा सदस्य
कठ्याग्रिएर मृत्यु भएका सदाको घरमा प्रदेशसभा सदस्य
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट  पत्रकार गुप्तासहित तीनजना सम्मानित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
विद्यालय पोषाक वापत नगद छात्रबृत्ती प्रदान
विद्यालय पोषाक वापत नगद छात्रबृत्ती प्रदान
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
कुटपिट गर्दै जग्गा मिचेको आरोप
कुटपिट गर्दै जग्गा मिचेको आरोप

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु