दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ कविलासाकी ५५ वर्षिया चन्द्रदेवी साहले छोरीको हत्या र छोरा वेपत्ता पार्नेहरुमाथी कारवाहीको माग गर्दा ज्यान मार्ने धम्की आएको बताएकी छिन् ।
बिहीबार सदरमुकाम राजविराज आइपुगेकी उनले पत्रकार सम्मेलनको आयोजना गरि तीन वर्षअघि हत्या भएको १९ वर्षिया छोरी सन्तोषी र सोही समयदेखी वेपत्ता भएका १७ वर्षिय छोरा आशिषलाई वेपत्ता गराउनेहरुमाथी कारवाहीको माग गरेपछि सो धम्की आउन थालेको जानकारी गराइन् ।
विपक्षि आरोपीका आफन्तबाट आफूलाई ज्यान मार्ने धम्की आउन थालेको दुखेसो पोख्दै उनले गाउँमा बस्न असुरक्षित भएकोले गाउँमै सुरक्षित साथ बस्ने वातावरणका लागि पहल गरिदिन सबैसँग सहयोगको याचना समेत गरिन् ।
पत्रकार सम्मेलनमा चन्द्रदेवीले भनिन्–पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तबाट दिनहुँ जसो मुद्दा फिर्ता नलिए ज्यानै लिने धम्की आउन थालेको छ । प्रतिवादीा आफन्तहरु खेतमा, बजारमा र घरमा जहाँ पनि पुगेर मुद्दा फिर्ता नलिए, “तेरो अवस्था पनि छोरी सन्तोषी र छोरा आशिष जस्तै पारिदिन्छु” भन्दै धम्क्याउन थालेको उनले सुनाइन् ।
यसबारे इलाका प्रहरी कार्यालय कल्याणपुरमा पनि बिहीबार नै पुगेर प्रहरी अधिकारीहरुलाई जानकारी गराएको उनले बताइन् । कतैबाट सहयोग नपाए आफू गाउँ छोड्न बाध्य हुने उनको कथन छ ।
तीन वर्ष पुरानो घटनाका आरोपी मध्येका एक सोही वडाका धिरेन्द्र कुमार साहलाई १३ दिनअघि प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका साह यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । पदभार ग्रहण गर्न नपाउँदै गत मंसिर २१ गते पक्राउ परेका थिए । साहलाई सप्तरी जिल्ला अदालतबाट १०÷१० दिन गरि दुई पल्ट म्याद थप गरि अनुसन्धान भइरहेको भनाई छ ।
साहमाथी अपहरण तथा शरीरबन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ ।
२०७९ साल साउन १७ गते भएको सन्तोषीको अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका अपराध गरेको साहसहित अन्य केही व्यक्ति माथी आरोप छ । अन्य आरोपीहरुको खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
छोरीको हत्या र छोरा वेपत्ता पार्नेहरुमाथी कारवाहीको माग गर्दा चन्द्रदेवीलाई ज्यान मार्ने धम्की
सारांश
- बिहीबार सदरमुकाम राजविराज आइपुगेकी उनले पत्रकार सम्मेलनको आयोजना गरि तीन वर्षअघि हत्या भएको १९ वर्षिया छोरी सन्तोषी र सोही समयदेखी वेपत्ता भएका १७ वर्षिय छोरा आशिषलाई वेपत्ता गराउनेहरुमाथी कारवाहीको माग गरेपछि सो धम्की आउन थालेको जानकारी गराइन् ।
- विपक्षि आरोपीका आफन्तबाट आफूलाई ज्यान मार्ने धम्की आउन थालेको दुखेसो पोख्दै उनले गाउँमा बस्न असुरक्षित भएकोले गाउँमै सुरक्षित साथ बस्ने वातावरणका लागि पहल गरिदिन सबैसँग सहयोगको याचना समेत गरिन् ।
- पत्रकार सम्मेलनमा चन्द्रदेवीले भनिन्–पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तबाट दिनहुँ जसो मुद्दा फिर्ता नलिए ज्यानै लिने धम्की आउन थालेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया