महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ

राजविराज राजविराज
|
बुधबार, कार्तिक ७, २०८१
|
|
४१ पटक हेरिएको
Shares
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ

सारांश

  •     राजविराजको मुख्य बजार वडा नं.
  • ४ मेनरोडस्थित “होटल तन्दुरी रेष्टुरेन्ट” का संचालक २८ वर्षिय आकाश आदर्श भनिने आकाश साह हलुवाईलाई प्रहरीले पक्राउ गरेको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार आफ्नै रेष्टुरेन्टमा काम गर्ने महिलालाई कोठामा थुनेर जबरजस्ती करणी गरेको र सोको भिडियो समेत बनाई “सामाजिक संजालमा भाइरल गरिदिन्छु” भन्दै पटक पटक बलात्कार गरेको आरोपमा साह पक्राउ परेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक । 

    महिलालाई कामदारलाई बलात्कार गरेको आरोपमा राजविराजस्थित एक रेष्टुरेन्ट पसल संचालक पक्राउ परेका छन् । 
    राजविराजको मुख्य बजार वडा नं. ४ मेनरोडस्थित “होटल तन्दुरी रेष्टुरेन्ट” का संचालक २८ वर्षिय आकाश आदर्श भनिने आकाश साह हलुवाईलाई प्रहरीले पक्राउ गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार आफ्नै रेष्टुरेन्टमा काम गर्ने महिलालाई कोठामा थुनेर जबरजस्ती करणी गरेको र सोको भिडियो समेत बनाई “सामाजिक संजालमा भाइरल गरिदिन्छु” भन्दै पटक पटक बलात्कार गरेको आरोपमा साह पक्राउ परेका हुन् । 
    २३ वर्षिया पीडित महिला एक साताअघि सन्चो नभएपछि उनी रेष्टुरेन्टकै कोठामा आराम गर्दै गरेको अवस्थामा संचालक साहले मुख थुनेर धाकधम्की दिँदै बलात्कार गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएकी छिन् । 
    बलात्कार गरेको भिडियो मोबाइलमा खिचेर त्यसपछी पटक पटक सामाजिक संजालमा भाइरल गरिदिन्छु भन्दै बलात्कार गरेको ती महिलाले प्रहरी समक्ष बताएकी छिन् ।
    पीडित महिलाको बयान र उजुरीको आधारमा साहलाई असोज ३० गते पक्राउ गरि प्रथम पटक ७ दिनको म्याद थपिएको थियो । उक्त म्याद सकिएपछी बुधबार सप्तरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा थप ७ दिनको म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
अग्नीपीडितलाई सहयोग
अग्नीपीडितलाई सहयोग
राजविराज नपाको सुचनाको अवज्ञा 
राजविराज नपाको सुचनाको अवज्ञा 
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 
बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 
संसद पुर्नस्थापनको खुशियालीमा जसपाले निकाल्यो बिजयी जुलुस
संसद पुर्नस्थापनको खुशियालीमा जसपाले निकाल्यो बिजयी जुलुस
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र