दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
जिल्ला प्रहरी कार्यालय समुदायिक सेवा केन्द्र तथा राजविराज नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रमका सहभागीहरुले जिल्लाको विकासदेखी सडक, नाला, ढल, बत्ति, सरसफाई, पशुचौपायालगायतका विषयमा गुनासै गुनासो पाखेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा वक्ताहरुले अस्तव्यस्त सडक, छाडा पशु चौपाया र बहुला कुकुरको विगविगी, बजारमा मनपरी मुल्य, विभिन्न कार्यालयमा देखिएको ढिला सुस्ती र भ्रष्टाचार, राजविराज कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दीले उत्पन्न समस्या, युवाहरुमा घरेलु मदिरा र लागू औषध प्रति बढदो मोह, डेंगु नियन्त्रण र सरसफाई लगायतका विषयप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागी अबिलम्ब पहल गर्नुपर्ने धारणा राखेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्लामा सरोकारवालाको परामर्श र सुझावका आधारमा आगामी योजना बनाउने उद्देश्यले गरिएको कार्यक्रमा प्राप्त गुनासा र सुझावले धेरै सहयोग मिल्ने बताउँदै गुनासाहरुसँगै आएका निकै महत्वपूर्ण सुझावहरुलाई डायरीमा लेख्ने काम मात्र नभएर कार्यान्वयन समेत गरिने प्रतिबद्धता जनाए ।
उनले कर्मचारी अभावका कारण राजबिराजसहित जिल्लाका अन्य ठाउहरूमा बजार अनुगमन प्रभावकारी बनाउन नसकेकोले स्थानिय तहले नै अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले लागू औषध नियन्त्रण गर्न प्रहरी एक्लैले सम्भव नभएकोले सबैको सहयोग आवश्यक रहेको बताएका छन । उनले सबै स्थानिय तहले लागुऔषध नियन्त्रणलगायत अपराधका घटनाको न्युनिकरणका लागि सक्रियता देखाउनुपर्नेमा बताए ।
त्यस्तै प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जिल्लाको शान्ति सुरक्षाको सवाल प्रहरीको आचरणको सुधारसँगै प्रहरीमा देखिएको आन्तरिक शुद्विकरण हनुपर्नेमा जोड दिएका छन । प्रहरीले पीडित मैत्री र प्रहरी ब्यवसायिकतातर्फ उन्मुखसँगै ब्यवहारमा अभिबृद्वि लगाउनु जरूरी रहेको बताए ।
सप्तरीमा झुठा मुद्दा बढी आउने गरेकाले त्यस्ता मुद्दा ल्याउनेसँग गहिराईमा पुगेर त्यसको भाव, आसय बुझेर मात्र प्रक्रिया अघि बढाउने उनले प्रतिबद्धता जनाए । अबैध मदिरा, लागुऔषधका कारण, धैरै अपराध हुने गरेको बताउदै प्रहरी प्रमुख प्रसाईले लागू औषध नियन्त्रणका लागि समुदाय र अभिभावक गम्भीर हुनुपर्ने बताए ।
राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादबले नगरमा लागुऔषधमा नियन्त्रण गर्न आफु हरसम्भव तयार रहेको बताउँदै लागुऔषध न्युनिकरण गर्न जनचेतना फैलाउनुपर्ने जिकिर गरे । उनले नगरको सरसफाईका लागि नगरपालिका प्रतिबद्ध रहेकोले आमनगरवासीले जथाभाबी फोहर नगरी डस्टविनमा फोहोर फाल्ने बानीको बिकास गर्नुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, नागरिक संजालका अध्यक्ष सुखराम यादव, ज्येष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, महिला नेतृ सुनिता साह, राजनीतिककर्मी बिनोद माझी लगायत दुई दर्जन बढी सहभागीले विभिन्न बेथितिहरुको उठान गर्दै अभिलम्ब सामाधान र नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
सडकदेखी सरसफाई, पशुचौपाया लगायतका विषयमा गुनासै गुनासो
सारांश
- प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा वक्ताहरुले अस्तव्यस्त सडक, छाडा पशु चौपाया र बहुला कुकुरको विगविगी, बजारमा मनपरी मुल्य, विभिन्न कार्यालयमा देखिएको ढिला सुस्ती र भ्रष्टाचार, राजविराज कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दीले उत्पन्न समस्या, युवाहरुमा घरेलु मदिरा र लागू औषध प्रति बढदो मोह, डेंगु नियन्त्रण र सरसफाई लगायतका विषयप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागी अबिलम्ब पहल गर्नुपर्ने धारणा राखेका छन् ।
- प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्लामा सरोकारवालाको परामर्श र सुझावका आधारमा आगामी योजना बनाउने उद्देश्यले गरिएको कार्यक्रमा प्राप्त गुनासा र सुझावले धेरै सहयोग मिल्ने बताउँदै गुनासाहरुसँगै आएका निकै महत्वपूर्ण सुझावहरुलाई डायरीमा लेख्ने काम मात्र नभएर कार्यान्वयन समेत गरिने प्रतिबद्धता जनाए ।
- उनले कर्मचारी अभावका कारण राजबिराजसहित जिल्लाका अन्य ठाउहरूमा बजार अनुगमन प्रभावकारी बनाउन नसकेकोले स्थानिय तहले नै अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया